Home / Blogs / नेपाली बजारमा बीएस ६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी भित्रियो; खुल्यो बुकिङ
  • Upcoming Bikes
  • 0

नेपाली बजारमा बीएस ६ आरटीएफआई टीभीएस अपाचे आरटीआर २०० फोरभी भित्रियो; खुल्यो बुकिङ

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई बीएस ६ अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल भित्रिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ । औपचारिक रुपमा सार्वजनिक हुन बाँकी सो मोटरबाइक केही दिनमै औपचारिक रुपमा सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ । अपाचे आरटीआर २०० फोरभीको बुकिङ समेत कम्पनीले खुलाइसकेको छ । 


बीएस ६ भर्सनमा सार्वजनिक हुने आरटीआर २०० फोर भी विभिन्न तीन राइडिङ मोडमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्पोर्ट, अर्वन र रेन गरी यसलाई तीन राइडिङ मोडमा चलाउन सकिन्छ जसमा राइडरले परिस्थिति अनुसार मोड सेट गर्न सक्छन् । बीएस ६ टीभीएस आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिंगल सिलिन्डिर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्दछ । ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच रहेको सो मोटरबाइकमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ । 


बीएस ६ टीभीएस आरटीआर २०० फोर भीमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्विच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै यसमा स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक, अल एलईडी हेडलाइट आदि विभिन्न फिचर उपलब्ध छन् । सो मोटरसाइकलका अन्य धेरै विशेषता नेपाली बजारमा हाल उपलब्ध अपाचे आरटीआर २०० फोरभीसँग मिल्दाजुल्दा रहेको कमप्नीको दाबी छ । आरटीार २०० सिंगल डिस्क र डबल डिस्क गरी दुबै भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 


बीएस ६ भर्सन आरटीार २०० फोर भीको नेपाली बजार मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएस मोटरसाइकलको अधिकृत विक्रेता जगदम्वा मोटर्सले बीएस ६ आरटीार २०० फोर भीको बुकिङ बिभिंन्न शाेरुमहरुबाट लिन सकिने जनाएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर २०० एनएस, एफजेड २५, केटीएम २०० ड्युक जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


 


Our latest comments