टाटाको नयाँ टिगोर इलेक्ट्रिक कार बजारमा सार्वजनिक भएको छ । सो कारलाई जिपट्रोन प्रविधियुक्त ब्याट्री प्याकका साथ उपलब्ध गराइएको छ जुन कार यसअघि पुरानो टेक्नोलोजीमा निमिर्त भएको थियो । नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने छ । सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’को डेमो पहिलो पटक नाडा अटो शो २०१८ मा राखेको थियो । टाटा टिगोर इभी पहिलेको भन्दा फरक प्लेटफर्म, नयाँ डिजाइन, नयाँ व्याट्रीप्याक र नयाँ मोटरको साथ बजारमा आउन लागेको कम्पनीले जनाएको छ ।
नयाँ टिगोर इभी एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस ड्यूलटोन गरी विभिन्न तीन भेरियन्ट बजारमा आउने छ । टिगोर इभीमा २६ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ जसमा ५५ किलोवाट क्षमताको मोटर जडान भएको छ भने यसको पीक टर्क भने १७० न्यूटन मिटर रहेको छ । जिपट्रोन प्रविधिको जडान गरिएको कारणले यसले अब ३०६ किलोमिटरको रेन्ज दिने बताइएको छ । टाटाले यसमा आईपी ६७ रेटेड व्याट्री दिएको छ । फास्ट चार्जरको प्रयोगले सून्यदेखि ८० प्रतिशत चार्ज गर्न एक घन्टा लाग्ने जनाइएको छ भने सामान्य चार्जरले ८.५ घन्टा लाग्ने छ ।
नयाँ टाटा टिगोर ईभीमा अगाडि प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प, ड्यूल एयरव्याग, इबीडीको साथ एबीएस, रियरभ्यू क्यामेरा, रियर पार्किङ सेन्सर जस्ता फिचर दिइएको छ । त्यसैगरी यसमा दुवै पांग्रामा डिस्क ब्रेक, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्क असिस्ट, हिल एक्सेन्ट असिस्ट, हिल डिसेन्ट असिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्पिड अलर्ट सिस्टम सहितका धेरै फिचर्सहरु उपलब्ध छन् । ड्यूल टोन कलरमा उपलब्ध हुने सो कारमा ७ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटीक, क्लाइमेट कन्ट्रोल, फरक ड्राइभ मोड जस्ता फिचर पाउन सकिन्छ ।
टिगोर ईभीले हालै ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । भारतमा टाटा मोटर्सले यसको सबैभन्दा माथिल्लो भेरिएन्टको मूल्य भने १३ लाख १४ हजार भारु तोकिएको छ भने यसको मुल्य नेपाली बजारमा भने अझै तोकिएको छैन । कम्पनीले यसको ब्याट्री र इलेक्ट्रिक मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ । सिप्रदीले टाटा टिगोर इभी अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।