Home / Blogs / बीएस ६ टीभीएस आरटीआर २०० फोर भी अब नेपाली बजारमा सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

बीएस ६ टीभीएस आरटीआर २०० फोर भी अब नेपाली बजारमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा टीभीएस आरटीआर २०० फोर भीको बीएस ६ भर्सन अब छिट्टै सार्वजनिक हुने भएको छ । बिभिन्न स्रोतका अनुसार देशका धेरैजशो शाेरुमहरुले बीएस ६ भर्सन आरटीआर २०० फोर भीको बुकिङ पनि लिन सुरु गरिसकेका छन् । काठमाडौंका सबै शाेरुममा पुगिसकेको बीएस टीभीएस आरटीआर २०० आगामी अगष्ट १८ बाट नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । बीएस ६ भर्सनमा सार्वजनिक हुने आरटीआर २०० फोर भी विभिन्न तीन राइडिङ मोडमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।




बीएस ६ टीभीएस आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिंगल सिलिन्डिर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ८ हजार ५ सय आरपीएममा २०.२ बीएच पावरका साथै ७ हजार आरपीएममा १६.८ एनएम टर्क उत्पादन गर्दछ । ५ स्पीड गियरबक्ससँगै एआरटी स्लिपर क्लच रहेको सो मोटरबाइकमा आयल कुलरसँगै र्याम एयर असिस्टको विशेषता दिइएको छ । यसैगरी सो बाइकमा फ्युल गेज, पिलिन ग्राबेल, इन्जिन किल स्विच, घडी, डिजिटल ट्रिप मिटर, ट्रिप मिटर, स्मार्ट कनेक्ट र पास लाइट जस्ता फिचर पाउन सकिन्छ । 



बीएस ६ भर्सन आरटीार २०० फोर भीको नेपाली बजार मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । एबीएस र स्मार्ट कनेक्ट दिइएको आरटीार २०० सिंगल डिस्क र डबल डिस्क गरी दुबै भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएस मोटरसाइकलको अधिकृत विक्रेता जगदम्वा मोटर्सले बीएस ६ आरटीार २०० फोर भीको बुकिङ बिभिंन्न शाेरुमहरुबाट लिन सकिने जनाएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर २०० एनएस, एफजेड २५, केटीएम २०० ड्युक जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।



नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।








Our latest comments