कोरियन कार निर्माता हुन्डाईले भारतमा इन्ट्री लेभल एसयूभी एक्सटर सार्वजनिक गरेको धेरै समय भएको छैन । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ एसयूभी एक्सटर नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने जनाएको छ । एसयूभी एक्सटरको नेपाली बजारमा बुकिङ समेत अब छिट्टै खुलिने अनुमान गर्न सकिन्छ । यसको बुकिङको मिती भने अझै तय भएको छैन । एक्सटर ईएक्स, एस, एसएक्स, एसएक्स(ओ) र एसएक्स(ओ) कनेक्ट गरी कुल ५ भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
हुन्डाई एक्सटरमा २० प्रतिशत इथानोल मिश्रण गरेर प्रयोग गर्न मिल्ने नयाँ इन्जिन जडान गरिएको छ । सो कारमा १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन रहेको छ जुन इन्जिनले अधिकतम ८४ पीएस पावर र ११४ एनएम पीक टर्क प्रदान गर्छ । यसमा गियरबक्स पनि तीन अप्सनमा पाउन सकिन्छ । सो एसयूभीमा ५ स्पिड म्यानुअल, स्मार्ट अटो एमटी र ५ स्पिडकै एएमटी गियरवक्सको अप्सन् दिइएको छ । सो एसयूभीमा १५ इन्चको ड्युअल टोन अलोय ह्विल दिइएको छ । सो कार सिएनजी भेरियन्टमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नयाँ एसयूभी हुन्डाई एक्सटरको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम, उचाई १५७५ एमएम, २२८५ एमएम ह्वीलवेस र १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २४८ लिटर क्षमताको बुट स्पेश र ३५ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १८ देखी २० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ९४९ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।
हुन्डाई एक्सटरमा स्क्वायर आकारको प्रोजेक्टर हेडल्याम्प, एच आकारको एलइडी डे टाइम रनिङ लाइट, एच आकारको टेल लाइट, निकै स्टाइलिस फ्रन्ट फेसिया, बानेटमा इम्बेड हुन्डाईको लोगो, एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जर, इलेक्ट्रिक सनरुफ, क्यारेक्टर लाइन र साइड पार्टमा १५ इन्चको ड्युअल टोन अलोय ह्विल, भित्रि ह्यान्डलमा मेटल फिनिस र नयाँ फ्याब्रिक डिजाइन सिट जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।
यसैगरी सुरक्षाका लागि सो कारमा ६ वटा एयरव्याग, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, क्र्यास सेन्सर, इन्जिन इमोविलाइजर, इन्जिन चेक वार्निङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ । हुन्डाई एक्सटरमा एयर इन्टेक, स्कीड प्लेट, कालो कलरको फ्रन्ट ग्रिल, वाई आकारको अलोय ह्वील, कालो कलरको रुफरेल, दुईवटा एग्जस्ट पाइप, लेदरले र्याप गरिएको स्टेयरिङ ह्वील, फुटवेल एरियामा नयाँ कलर, क्रोम फिनिस्ड गियर नब र पार्किङ लिभर टिप जस्ता अन्य फिचर पाउन सकिन्छ ।
हुन्डाईले भारतमा एक्सटरको सुरुवाती मुल्य ६ लाख निर्धारण गरेको छ भने यसको नेपाली बजार मूल्यको विषयमा भने कम्पनीले अहिले कुनै जानकारी दिएको छैन । हुन्डाई एक्स्टर एसयूभी कस्मिक ब्लु र रेन्जर खाकीसहित विभिन्न ६ सिङ्गल टोन र तीनवटा डुअल टोन गरी ९ कलर अप्सनमा उपलब्ध हुनेछ । यसले नेपाली बजारमा टाटा पन्च र सिट्रोन सी ३ लगायतका कारसंग सिधा प्रतिस्पर्धा गर्ने छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok, Threads पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।