Home / Blogs / हुन्डाई ग्रान्ड आई १० निओसको फेसलिफ्ट भर्सन चार भेरिएन्टमा नेपाल आउँदै ; यस्तो छ मुल्य
  • Upcoming Cars
  • 0

हुन्डाई ग्रान्ड आई १० निओसको फेसलिफ्ट भर्सन चार भेरिएन्टमा नेपाल आउँदै ; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्रान्ड १० नियोस फेसलिफ्टको चार भेरिएन्ट नेपाली बजारमा आउने जनाएको छ । कम्पनीका अनुसार एरा, म्याग्ना, म्याग्ना एएमटी र स्पोर्टज गरी चार भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरिने छ । सो कारलाई हालै मात्र इंडियामा भारत स्ट्याण्डर्डको फेज २ प्रदुषण मापदण्ड अनुसारको इनिजनमा सार्वजनिक गरिएको छ ।


हुन्डाई ग्राण्ड आई-१० नियोस फेसलिफ्टको इन्जिन अपडेट गरिएको छ भने यसको फ्रन्टमा पनि केहि परिमार्जन गरिएको छ । यसको फ्रन्टमा हुन्डाइले रिडिजाइन गरिएको ग्रिल दिएको छ भने यसमा मोर्डन हाइटेक स्टाइल तथा सेफ्टीलाई विशेष ध्यान दिइएको छ । सो नयाँ आई-१० मा सेफ्टी फिचरको रुपमा ४ वटा एयरव्याग स्ट्याण्डर्ड रहने छ भने एविएस तथा इविडीलाई सवै भेरियन्टमा अनिवार्य गरिएको छ भने टप भेरियन्टमा ६ वटासम्म एयर व्याग, इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल, आइएसओएफआइएक्स र रियर भ्यू मिररको अप्सन दिइएको छ ।


हुन्डाई ग्रान्ड आई १० निओस फेसलिफ्ट भर्सन बिभिन्न तीन पावर ट्रेनमा सार्वजनिक गरिएको छ । सो फेसलिफ्ट भर्सन १.२ लिटर कप्पा पेट्रोल इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा १.२ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८२ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पिड म्यानुअल र एएमटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । यसमा १५ इन्चको एलोई ह्विल जडान गरिएको छ । कम्पनीले उत्पादन गर्दै आएको निओसमा बीएस ६ मापदण्डको इन्जिन प्रयोग गरिएको छ । 


ग्रान्ड आई १० निओसको फेसलिफ्टको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम, २४५० एमएम ह्वीलवेस र १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २६० लिटर क्षमताको बुट स्पेश र ३७ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले २० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ८९५ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । 


ग्रान्ड आई १० निओस फेसलिफ्टमा नयाँ स्टाइलको एलइडी डीआरएल, नयाँ एलइडी टेलल्याम्प, रिभाइज्ड फ्रन्ट तथा रियर बम्पर, १४ इन्चको स्टील ह्वील, पावर स्टेरिङ, एसी, हिटर, पावर विन्डो, मस्कुलर बोनेट र साइड बडी प्यानल जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, टाइप सी फास्ट यूएसवी चार्जिङ पोर्ट, पुस बटन स्टार्ट स्टप, र भोइस रिकग्निसन सिस्टम पाउन सकिने छ । सुरक्षाका लागि सो कारमा इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, क्र्यास सेन्सर, इन्जिन इमोविलाइजर, इन्जिन चेक वार्निङ, स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ । 


नेपाली बजारमा हुन्डाई ग्राण्ड आई १० नियोस एरा भेएिन्टको मूल्य २९ लाख ९६ हजार रुपैयाँ, म्याग्ना भेएिन्टको मूल्य ३५ लाख ५६ हजार रुपैयाँ, म्याग्ना एएमटी भेएिन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ र टप भेरिएन्ट स्पोर्टजको मुल्य ३७ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो कार ६ भिन्न कलर अप्सनमा नेपाली बजारमा उपलब्ध हुनेछ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यसको मूल्य सार्वजनिक गर्दै यो कार छिट्टै नेपाल आउन लागेको जानकारी दिएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





  

Our latest comments