Home / Blogs / हुन्डाई ग्रान्ड आई १० निओसको फेसलिफ्ट भर्सन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
  • Upcoming Cars
  • 0

हुन्डाई ग्रान्ड आई १० निओसको फेसलिफ्ट भर्सन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

हुन्डाई मोटर्सले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । यसको भारतमा बुकिङ खुल्ला गरिएको पनि कम्पनीले जनाएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राण्ड आई १० निओसको फेसलिफ्ट भर्सन नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने जनाएको छ । सो कारलाई भारत स्ट्याण्डर्डको फेज २ प्रदुषण मापदण्ड अनुसारको इनिजनमा सार्वजनिक गरिएको छ ।


हुन्डाई ग्राण्ड आई-१० नियोस फेसलिफ्टको इन्जिन अपडेट गरिएको छ भने यसको फ्रन्टमा पनि केहि परिमार्जन गरिएको छ । यसैगरी नयाँ आई-१० मा मोर्डन हाइटेक स्टाइल तथा सेफ्टीलाई विशेष ध्यान दिइएको छ । सो नयाँ आई-१० मा सेफ्टी फिचरको रुपमा ४ वटा एयरव्याग स्ट्याण्डर्ड रहने छ भने एविएस तथा इविडीलाई सवै भेरियन्टमा अनिवार्य गरिएको छ भने टप भेरियन्टमा ६ वटासम्म एयर व्याग, इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल, आइएसओएफआइएक्स र रियर भ्यू मिररको अप्सन दिइएको छ ।


ग्रान्ड आई १० निओस फेसलिफ्ट भर्सन बिभिन्न तीन पावर ट्रेनमा सार्वजनिक गरिएको छ । सो फेसलिफ्ट भर्सन १.२ लिटर कप्पा पेट्रोल इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । यसमा १.२ लिटर फोर सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८२ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । यो कार म्यानुअल र अटोमेटिक दुबै गियरबक्समा उपलब्ध हुनेछ । यसमा १५ इन्चको एलोई ह्विल जडान गरिएको छ । कम्पनीले उत्पादन गर्दै आएको निओसमा बीएस ६ मापदण्डको इन्जिन प्रयोग हुने छ । 


ग्रान्ड आई १० निओसको फेसलिफ्टको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम, २४५० एमएम ह्वीलवेस र १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २६० लिटर क्षमताको बुट स्पेश र ३७ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले २० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ८९५ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । 


ग्रान्ड आई १० निओस फेसलिफ्टमा नयाँ स्टाइलको एलइडी डीआरएल, नयाँ एलइडी टेलल्याम्प, रिभाइज्ड फ्रन्ट तथा रियर बम्पर, १४ इन्चको स्टील ह्वील, पावर स्टेरिङ, एसी, हिटर, पावर विन्डो, मस्कुलर बोनेट र साइड बडी प्यानल जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, टाइप सी फास्ट यूएसवी चार्जिङ पोर्ट, पुस बटन स्टार्ट स्टप, र भोइस रिकग्निसन सिस्टम पाउन सकिने छ । सुरक्षाका लागि सो कारमा इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, क्र्यास सेन्सर, इन्जिन इमोविलाइजर, इन्जिन चेक वार्निङ, स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ । 


नेपाली बजारमा हुन्डाई ग्राण्ड आई १० नियोसको सुरुवाती मूल्य २८ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ भने फेसलिफ्ट भर्सनको मूल्य सार्वजनिक गरिएको छैन । यो कार ६ भिन्न कलर अप्सनमा उपलब्ध हुनेछ । हुन्डाईले ग्राण्ड आई-१० नियोसको पहिलो फोटो समेत सार्वजनिक गरेको छ जुन इन्टरनेटमा पाउन सकिन्छ । । नेपाली बजारमा पनि यो कार केही समय पछि आउने अनुमान गरिएको छ भने यसको नेपाली मुल्यको जानकारी पनि छिट्टै सार्वजनिक हुनेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



 







 

Our latest comments