Home / Blogs / हिरो एक्सपल्स २०० फोर भी केही दिन भित्र विक्री सुरु हुने
  • Latest Bikes
  • 0

हिरो एक्सपल्स २०० फोर भी केही दिन भित्र विक्री सुरु हुने

Nepal Auto Trader

Share this News

image

नेपालका लागि हिरोको आधिकारिक वितरक जनरल मार्केटिङ प्रालिले अबको केही दिन भित्रै एक्सपल्स २०० फोर भी मोडल नेपाली बजारमा विक्री सुरु गर्ने जनाएको छ । नेपालमा दुई महिनादेखि परिक्षण भईरहेको एक्सपल्स २०० फोर भी अबको केही दिन भित्रै विक्री सुरु गर्ने कम्पनीले जनाएको छ । सन् २०१९ मा पहिलो पटक बजारमा विक्री सुरु गरेको एक्सपल्स २०० एक एड्भेन्चर मोटरसाइकल रुपमा चिनिन्छ । कम्पनीले एक्सपल्स २०० फोर भीलाई हाइवेमा उत्कृष्ट पर्फमेन्स गर्न सक्ने बनाएर ल्याएको छ । 


एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्छ । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ । ७ फिन आयल कुलरको प्रयोग गरिएको सो मोटरबाइकमा ५ स्पिड गियरबक्स उपलब्ध रहेको छ । सो मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग भएको कम्पनीले जनाएको छ ।  


एक्सपल्स २०० फोर भीको लम्बाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम, ग्राउण्ड क्लियरेन्स २२० एमएम र १४१० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १५८ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । 


नयाँ एक्सपल्स २०० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । त्यस्तै यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, ड्युअल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् । हिरोले यसमा ७ फिन आयल कुलरको प्रयोग गरेको छ जसले गर्दा इन्जिन तात्ने समस्या पूर्णरुपमा समाधान भएको छ ।


नेपाली बजारमा उपलब्ध एक्सपल्स २०० को मुल्य ४ लाख २ हजार रहेको छ भने एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजारदेखि ४ लाख ८५ हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध हुने एक्सपल्स २०० ४ भीको मूल्य पछि नै तोकिने कम्पनीले जनाएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments