क्लासिक कारलाई इलेक्ट्रिकमा रुपान्तरण गर्ने बेलायती कम्पनी इलेक्ट्रिक क्लासिकसँग मिलेर रोयल इन्फिल्डले हालै इलेक्ट्रिक टु ह्विलर रोयल इन्फिल्ड फोटोन पेश गरेको छ । सो इलेक्ट्रिक मोटरसाइकल रोयल इन्फिल्ड क्लासिक ५०० मा आधारित रहेको छ । यसमा ठूलो ब्याट्री र हब माउटेन्ड इलेक्ट्रिक मोटर समावेश गरिएको छ ।
रोयल इन्फिल्ड फोटोनमा चार २.५ किलोवाटको लिथियम आयोन ब्याट्री र एक वाटर कूल्ड १२ किलोवाट इलेक्ट्रिक मोटर जडान गरिएको छ । जसले १५ बीएचपीको भन्दा अलि बढी पावर जेनेरेट गर्छ । बाइकको टप स्पिड ११२ किलोमिटर प्रति घण्टा रहेको छ । करीव ८५ किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने सो इलेक्ट्रिक रोयल इन्फिल्ड बाइक एक पटक फुल चार्जमा १२५ देखि १३० किलोमिटरको दुरी तय गर्छ ।
रोयल इन्फिल्ड फोटोनको ब्याट्री प्याक नियमित पावर सकेट वा सार्वजनिक चार्जिङ सुविधाको साथ चार्ज गर्न सकिन्छ । बेलायतमा सार्वजनिक चार्जिङ प्वाइन्टबाट फुल चार्ज हुनको लागि ९० मिनेटको समय लाग्छ । कम्पनीले यस शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलको साथ ७ किलोवाट चार्जर र टाइप १ कनेक्टर प्रदान गर्नेछ । फोटोन बाइकको डिजाइन एकदम आकर्षक छ । यो ब्रिटिश रेसिङ ग्रीन शेडमा पेन्ट गरेको हो । बाइकको फ्युल ट्यांकी र फेन्डर्समा कन्ट्रास्ट गोल्ड पिनस्ट्रिप्स समावेश गरेको छ ।
बाइकको सस्पेन्सन र ब्रेकिङमा कुनै परिवर्तन गरिएको छैन । रोयल इन्फिल्ड क्लासिक ५०० मा जस्तै फोटोनमा पनि अगाडि टेलिस्कोपिक फोर्क्स र रियरमा ड्यअुल सक सस्पेन्सन समावेश गरेको छ । ब्रेकिङ सिस्टमको कुरा गर्ने हो भने बाइकमा ड्युअल च्यानल एबीएसको साथमा फ्रन्ट र रियरमा डिस्क ब्रेक समावेश छ । हाल सो बाइक नेपालमा सार्वजनिक गर्ने कुनै सम्भावना रहेको छैन । यदि सो बाइक नेपालमा सार्वजनिक गरियो भने इम्पोर्ट ड्युटी र ट्याक्सको कारण सो बाइक महँगो हुनेछ ।
PREVIOUS NEWS
NEXT NEWS