Home / Blogs / लकडाउनका कारण भन्सारमै रोकिए १ हजार गाडी
  • Auto News and Updates
  • 0

लकडाउनका कारण भन्सारमै रोकिए १ हजार गाडी

Nepal Auto Trader

Share this News

image

लेभन्सारमा एक हजार भन्दा धेरै सवारीसाधन रोकिएका छन्। अचानक भएको लकाडाउनको कारण भारतीय र नेपाली भन्सारमा गरी एक हजार भन्दा धेरै सवारी साधन रोकिएको नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए ।

लक डाउन एक महिना भन्दा धेरै समय निश्चत भएकोले व्यवसायीलाई सरकारले केही सहुलियत दिनुपर्ने दुलालको तर्क छ। ‘लकडाउन पछि गाडी ल्याउन पाएपनि व्यपार हुँदैन। गाडी ल्याउन  गाडीको मूल्य भन्दा ३ गुणा बढी कर तिर्नुपर्छ। त्यसैले सरकारले व्यवसायीलाई गाडी ल्याउन लकडाउनपछि १५ दिनको समय दिनुपर्छ,’ उनले भने।

त्यस्तै लकडाउन अझै लम्बिए मजदुरदेखि व्यवसायी सबैलाई मुस्किल पर्ने उनले बताए। ‘वैशाख ३० गते भन्दा धेरै लकडाउन भयो भने न व्यवसायीले श्रमिकलाई नत काम दिन सक्छ न पारिश्रमिक। बरु स्वास्थ्य सुरक्षा अपनाएर सेवाक्षेत्र, खाद्यान्न, कृषी उद्योग, यातायात क्षेत्र लगायतलाई खुकुलो पार्नुपर्छ,’ उनले भने।

नेपालका उद्योग अधिकांश मध्यम र साना भएकोले सरकारले केही सहुलियत नदिने हो भने धेरै उद्योग धरासायी हुने दुलालले बताए। राष्ट्र बैंकले ब्याज २–३ प्रतिशत ब्याज घटाइदिनुपर्ने उनको तर्क छ। ‘व्यवसायीले लकडाउनको अवधिको ब्याज तत्काल तिर्न सक्दैनन्। त्यो ब्याजलाई कि सावामा हाल्नुपर्छ कि पछि किस्तामा तिर्न मिल्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने।

SOURCE:


Our latest comments