नेपाली बजारमा इटालियन ब्रान्ड ‘टारो’ को म्याक्सी स्कुटर भित्रिएको छ । एसजी ग्रुप अन्तर्गतको ओम मोटोकर्पले यो स्कुटर नेपाली बजारमा भित्राएको हो । ओम मोटोकर्पले नक्साल नारायणचौरमा सोरुम स्थापना गरी यो स्कुटरको बिक्री समेत प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा भित्रिएको १५० सीसीको एलेक्स वान स्कुटर एक प्रकारको म्याक्सी स्कुटर हो । निकै उत्कृष्ट स्टाइल, लुक, ग्राफिक्स र प्रविधि रहेको सो म्याक्सी स्कुटर टुरिङका लागि निकै नै उपयोगी रहेको कम्पनीले जनाएको छ ।
एलेक्स वान स्कुटरमा १२४।६० सीसी सिगंल सिलिन्डर एयरकुल्ड चार स्ट्रोक ओएचसी इन्जिन दिइएको छ जुन इन्जिनले ७३०० आरपीएममा ८।३ हर्स पावर तथा ६००० आरपीएममा ९ एनएम टर्क जेनेरेट गर्दछ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक फोर्क सस्पेन्सन र रियरमा ट्विन स्विंगआर्म सस्पेन्सन दिइएको छ । सो स्कुटरको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने कम्बी ब्रेक सिस्टम पनि उपलब्ध रहेको छ । यसको १७ इन्च आल्मुनियम अलोय रिममा १२०/८०-१४ र १३०/६०-१३ ट्युबलेस टायर रहेको छ ।
एलेक्स वान १२४ को लम्बाई २१२० एमएम, चौडाई ७६५ एमएम, उचाई १३०० एमएम, १५६० एमएम ह्वीलवेस र १२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल १४९ केजी रहेको छ भने सो स्कुटरमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ । त्यसैगरी सामान राख्नका लागि सो स्कुटरमा अन्डर सिट स्टोरेज निकै ठुलो रहेको छ । सो स्कुटरमा १२÷९० साइजको टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ ।
एलेक्स वानमा फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको नयाँ एलइडी हेडल्याम्प तथा ट्वीन ट्रयाङग्लर टेलल्याम्प, किल स्विच, चार्जिङ प्वाइन्ट जस्ता विभिन्न बिशेषता पाउन सकिन्छ । यो स्कुटरमा १७ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायत जस्ता अन्य फिचर पनि उपलब्ध छन् । ब्लुटुथ कनेक्ट फिचर तथा फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट पनि यसमा समाबेश छन ।
टारोको एलेक्स वान स्कुटरको नेपाली बजार मूल्य ३ लाख ४५ हजार रुपैयाँ निर्धारण गरेर बिक्री प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । सो स्कुटरले नेपाली बजारमा इटालीयको अर्को ब्रान्ड बेनेली प्यानेरिया र भेष्पासँग प्रतिस्पर्धा गर्नेछ । ओम मोटोकर्पले नक्साल नारायणचौरमा शाेरुम स्थापना गरेको छ भने आगामी दिनमा देशभर डिलर नेटवर्क विस्तार गर्ने र सर्भिस सेन्टरसमेत स्थापना गर्ने जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।