नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको धेरै दिन भएको छैन । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गत हप्ता फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । ‘मोस्ट डाइनामीक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको कम्पनिले जनाएको छ । हाल नेपाली बजारमा उपलब्ध टुसान चौथो जेनेरेसन मोडल हो भने हाल सार्वजनिक भएको टुसानमा डिजाइन र फिचर पहिलेको टुसान भन्दा धेरै फरक रहेको छ ।
२ हजार सीसी क्षमता रहेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा विभिन्न ४ भेरियन्ट उपलब्ध छन । नयाँ टुसान जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) गरी ४ भेरियन्टमा सार्वजनिक गरिएको हो । यसमा रहेको फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको कम्पनीले जनाएको छ । यस्तो छ हुन्डाई नयाँ जेनेरेशन टुसानको भेरियन्ट अनुसारको नेपाली बजार मुल्य:
नयाँ जेनेरेशन टुसानको भेरियन्ट अनुसारको नेपाली बजार मुल्य:
| मोडल | इन्धन | इन्जिन क्षमता | नयाँ मुल्य |
| टुसान जिएलएस टु ह्वील ड्राइभ म्यानुअल | पेट्रोल | १९९९ सिसी | रु. ८९,९६,००० |
| जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक | पेट्रोल | १९९९ सिसी | रु. १,०७,९६,००० |
| जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक | पेट्रोल | १९९९ सिसी | रु. १,१४,९६,००० |
| जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक | डिजेल | १९९९ सिसी | रु. १,३४,९६,००० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।