Home / Blogs / नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य
  • Latest Cars
  • 0

नयाँ जेनेरेशन हुन्डाई टुसान नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा औपचारिक रुपमा हुन्डाईको नयाँ जेनेरेशन टुसान सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आज फेसबुक लाइभमार्फत भर्चुअल रुपमा सो गाडी सार्वजनिक गरेको हो । केही दिन पहिले नै यो गाडी नेपाली बजारमा भित्रिसकेको सो गाडी विश्वभर चर्चामा रहेको मोडल हो । हुन्डाईले टुसानलाई फ्यूचरस्टीक डिजाइनमा तयार पारेको जनाएको छ । हाल नेपाली बजारमा उपलब्ध टुसान चौथो जेनेरेसन मोडल हो भने अहिले उपलब्ध हुने टुसानमा डिजाइन र फिचर पहिलेको टुसान भन्दा धेरै फरक छ ।


नयाँ जेनेरेशन हुन्डाई टुसानमा २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन उपलब्ध रहेको छ । २ हजार सीसी क्षमताको भएको सो एसयूभी सर्वाधिक पावरफुल रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुनेछ जुन जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ । यस्मा रहेको फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ ।


नयाँ हुन्डाई टुसानमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसि भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम, फरवार्ड रिभर्स पार्किङ डिस्टेन्स वार्निङ, सिफ्ट बाई वायर असिस्टेन्स, स्मार्ट टेलगेट जस्ता फिचर उपलब्ध छन । यस्तै यसमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, टेडिस्नल गियर लिभरलाई परिवर्तनगरि बटम प्रदान गरिएको छ । नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटीक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने छ ।


नयाँ टुसान पेट्रोल इन्जिनमा उपलब्ध जीएलएस म्यानुअल ट्रान्समिसनको मूल्य ८९ लाख ९६ हजार रुपैयाँ, जीएलएस अटोमेटिकको १ करोड ७ लाख ९६ हजार, जीएलक्स भेरिएन्टको १ करोड १४ लाख ९६ हजार रुपैयाँ र जीएलएक्स डिजेल इन्जिनको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी विक्री तथा सेवा प्रदान गर्दै आएको छ । तसर्थ नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments