नेपाली बजारमा मारुति सुजुकी दुई नयाँ मोडल फ्रोङ्क्स क्रसओभर र जिम्नी २०२३ भर्सन सार्वजनिक भएको छ । नेपालका लागि सुजुकीको आधिकारीक बिक्रेता सीजी मोटर्सले यी दुई मोडल सार्वजनिक गरेको जनाएको हो । सुजुकी फ्रोङ्क्स सिग्मा, डेल्टा र डेल्टा प्लस गरी तीन भेरिएन्ट उपलब्ध रहेको छ भने जिम्नी जेटा र अल्फा गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । सुजुकीका यि दुई नयाँ मोडल आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
सुजुकी फ्रङ्क्स क्रसओभर मोडल हो । यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ९८.६९ पीएस पावर र ९८.५ एनएम टर्क प्रदान गर्छ । यसमा हलोजन प्रोजेक्टर हेडल्याम्प, ७.0 इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, इलेक्ट्रीकली एडजस्टेबल विङ मिरर, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, सुजुकी कनेक्टेड कार फिचर्स, रियर एसी भेन्ट्स र की–लेस एन्ट्री एन्ड गो जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाका लागि सो क्रसओभरमा ६ वटा एयर ब्याग, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
सुजुकी फ्रङ्क्सको लम्बाई ३९९५ एमएम, चौडाई १७६५ एमएम, उचाई १५५० एमएम, २५२० एमएम ह्वीलवेस र १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३०८ लिटर क्षमताको बुट स्पेश र ३७ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले २१-२५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । यसको वजन भने ९७० केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १४० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।
यसैगरी सुजुकी जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यसमा हलोजन प्रोजेक्टर हेडल्याम्प, ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, ६ वटा एयर ब्याग, इएसपी र हिल होल्ड असिस्ट लगायत बिभिन्न फिचर पाउन सकिन्छ ।
सुजुकी जिम्नीको लम्बाई ३६९५ एमएम, चौडाई १६५५ एमएम, उचाई १५५५ एमएम, २५९० एमएम ह्वीलवेस र २१० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३३२ लिटर क्षमताको बुट स्पेश र ४० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १६-२० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । यसको वजन भने ११९५ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १४० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ ।
सुजुकी फ्रोङ्क्स सिग्मा, डेल्टा र डेल्टा प्लस गरी तीन भेरिएन्ट उपलब्ध रहेको छ । फ्रङ्क्स सिग्मा भेरियन्टको मूल्य ३९ लाख ९९ हजार, डेल्टा भेरियन्टको ४१ लाख ९९ हजार र डेल्टा प्लस भेरियन्टको ४२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । सुजुकी जिम्नी भने जेटा र अल्फा गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ । जिम्नीको सुरुवाती भेरियन्ट जेटाको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यसको टप भेरियन्ट अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालभरका सुजुकीका सोरुममार्फत यि दुई मोडलको खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok, Threads पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।