Home / Blogs / जावा बीएस ६ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य
  • Latest Bikes
  • 0

जावा बीएस ६ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मुल्य

Nepal Auto Trader

Share this News

image

जावा मोटरसाइकलको बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि जावा मोटरसाइकलको अधिकृत वितरक एवं अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी टू र जावाको बीएस ६ भर्सनको नेपालमा भित्राएको हो । कम्पनीले जावा फोर्टी टू र जावाको बीएस ६ भर्सनको नेपालमा विक्री सुरु गरेको पनी जनाएको छ । नेपाली बजारमा यसअघि कम्पनीले जावा पेराक बीएस ६ विक्री गर्दै आएको छ । जावाका बीएस ६ भर्सनमा मूल्यसमेत वृद्धि भएको कम्पनीले जनाएको छ । 


बीएस ६ जावा र जावा ४२ दुवैमा २९३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर डीओएचसी इन्जिनको दिइएको छ जुन इन्जिनले २७ बीएचपीको पावर र २८ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । दुवै बाइकमा क्रस पोर्ट टेक्नोलोजी समावेश गरिएको छ जसले इन्जिनको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउँछ । 


यी दुबै मोटरसाइकल क्रुजर डिजाइनमा उत्पादन भएका हुन् । सो मोटरबाइकहरुमा टियरडप फ्युल ट्यांक, वाइड ह्यान्डलबार, सबै एलईडी प्याकेजहरु उपलब्ध रहेका छन भने एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विचको साथ एलईडी इन्डिकेटर र पछाडि इन्टिग्रेटेड टेल लाइट, समाबेश छन । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ । सिंगल बबर स्टाइल सिट मुख्य आर्कषण रहेको यसमा म्याट व्ल्याक कलरको साथ फिउल ट्याङकमा गोल्ड हाइलाइट्स रहेको छ । 


बीएस ६ भर्सनमा आएको जावा सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ४८ हजार ५०० रुपैयाँ र डबल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै जावा ४२ को बीएस ६ सिंगल च्यानल एबीएसको मूल्य ६ लाख ७३ हजार र डबल च्यानलको मूल्य ७ लाख ५ हजार रुपैयाँ रहेको छ । जावा मोटरसाइकलका दुई वटा पक्षहरू यसको सुन्दर डिजाइन र सबल प्रदर्शनले यसले मन मात्र नभई विश्वका थुप्रै टाइटल पनि जितेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments