Home / Blogs / यस्ता छन नेपाली बजारमा आउने क्रममा रहेका ५ नयाँ मोटरसाइकल
  • Upcoming Bikes
  • 0

यस्ता छन नेपाली बजारमा आउने क्रममा रहेका ५ नयाँ मोटरसाइकल

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा मोटरसाइकलको बजार निकै तिब्र गतिमा वृद्धि भएको छ । सन् २०२१ मा पहिलो पटक वार्षिक ३ लाख यूनिटको दुई पाङ्ग्रे मोटरसाइकलको नेपाली बजारमा बिक्री तथा बितरण भएको थियो । नेपाली बजारमा नेकेड, स्पोर्टस्, रेट्रो र क्लासिक क्रुजर डिजाइनमा आउने मोटरसाइकलमा युवाहरुको धेरै चासो रहने गरेको छ । नयाँ आउने मोटरसाइकल नेकेड, रेट्रो र एड्भेन्चर डिजाइनमा रहने देखिएको छ । यी सबै कुरालाई ध्यानमा राखेर बजाज, यामाहा, होन्डा, हिरो लगायतका कम्पनीहरुले नेपाली बजारमा नयाँ मोटरसाइकल ल्याउने भएका छन् । यस्ता रहेका छन ति नयाँ मोडलहरु ।


१. केटीएम आर सी ३९०:


केटीएमले अब छिट्टै आर सी ३९० को २०२२ भर्सन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । रेसिङ बाइकको सुचिमा रहेको यस् केटीएम आर सी ३९० सुपरस्पोर्टस बाइकले पक्कै पनि नेपाली बजार भित्रदा नयाँ उछाल लेराउने छ । आधुनिक डिजाइन रहेको यस बाइक प्रभावशाली टेक्नोलोजी प्याकेजका साथ सार्वजनिक हुने छ । यसमा ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ जुन इन्जिनले अधिकतम ४३ बीएस पावर तथा ३६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स र स्लीपर क्लच उपलब्ध छ । यो मोटरसाइकलमा डबल डिस्क ब्रेकका साथ ड्युअल च्यानल एबीएस पनि उपलब्ध छ ।


सिल्भर, ह्वाइट र अरेन्ज गरी तीन कलर अपसनमा उपल्बध सो बाइकमा युनिक लुकयुक्त ड्युअल एलईडी हेडल्याम्प र एलईडी टेलल्याम्प रहेको छ । पहिले जस्तै यसको रिममा ओरेन्ज र च्यासिसमा ब्ल्याक कलर दिइएको छ । यो मोटरसाइकलको हाल नेपाली बजार मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ भने २०२२ भर्सन आर सी ३९० को मुल्य बढने अनुमान गर्न सकिन्छ ।      




२.  बजाज एनएस २५०:


बजाज एनएस २५० सबैभन्दा लोकप्रिय बाइकहरू मध्ये एक हो । बजाज मोटरसाइकलले पल्सर एनएसको सफलतासँगै २५० सीसी क्षमताको एनएस २५० अब नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । अपग्रेड सुबिधाहरु सहित बाइक सार्वजनिक गर्ने योजना बनाएको बजाजले बीएस ६ भर्सन एनएस २५० बजारमा भित्राउने लक्ष्य लिएको छ । कम्पनीले यसलाई २०२२ को पहिलो क्वाटरमा बजारमा ल्याउने अनुमान गरिएको छ ।


कम्पनीले एनएस २५० नयाँ प्लेटफर्ममा तयार गरेको छ । २५० सिरिजमा अल न्यू २५० सीसी आयल कुल्ड इन्जिन हुने अनुमान गरिएको छ भने हालसम्म इन्जिनको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन् । यसमा ६ स्पीडको गियरबक्स रहने छ । ब्रेकिङमा एबीएससहित फ्रन्ट र रियरमा  क्यालीपर पेटल डिस्क ब्रेक उपलब्ध रहने छ । बजाज अटोले यसको मूल्यका बारेमा हालसम्म कुनै जानकारी भने दिएको छैन् । बजाज एनएसमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर थप गरिएको छ । साथै, कम्पनीले एनएस २५० मा तीन नयाँ कलर थप गरेर ल्याउने जानकारी दिएको छ ।  




३. यामाहा एफजेड-एक्स १५०:


एफजेड एक्स यामाहाको चर्चित मोटरसाइकल एफजेडएस भी ३ मा आधारित रेट्रो डिजाइन मोटरसाइकल हो । अहिले नेपालको विभिन्न स्थानमा यसको परिक्षण चलिरहेको यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ । परिक्षण लगतै एफजेड-एक्स १५० नेपाली बजारमा सार्वजनिक हुने कम्पनीको भनाइ छ । 


यामाहाले यसमा १४९ सीसी क्षमताको एफआई इन्जिनको प्रयोग गरेको छ जुन इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यो मोटरसाइकलमा डबल डिस्क ब्रेकका साथ सिंगल च्यानल एबीएस एबीएस पनि उपलब्ध छ । एफजेड एक्समा ब्लुटुथ कनेक्टिभिटी, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन जस्ता फिचर पाउन सकिन्छ ।




४. होन्डा एनएक्स २००:


होन्डाले पहिलो पटक भारतमा उत्पादन गरेको एड्भेन्चर मोटरसाइकल एनएक्स २०० नेपाली बजारमा छिट्टै सार्वजनिक हुने कम्पनिको दाबी छ । एनएक्स २०० लाई नेपाल भित्राउन अझै ३/४ महिना लाग्ने स्याकार ट्रेडिङले जानकारी दिएको छ । एनएक्स २०० होन्डाको २.० प्लेटफर्ममा निर्माण गरिएको एड्भेन्चर टुरर मोटरसाइकल हो । यो बाइकमा हाल प्रचलित हर्नेट २.० को इन्जिन प्रयोग गरिएको छ ।


कम्पनीले यसमा हर्नेट २.० मा प्रयोग भएको १८४.४ सीसी क्षमताको एयरकुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रदान गरेको छ । उक्त इन्जिनले अधिकतम १७.२७ पीएस पावर र १६.१ एनएम टर्क प्रदान गर्छ ।  यसमा ५ स्पीडको गियरबक्स रहेको छ । यो मोटरसाइकलमा डबल डिस्क ब्रेकका साथ सिंगल च्यानल एबीएस पनि उपलब्ध छ । नयाँ डायमन्ड टाइप चेसिस, अफरोड टायर, एबीएस, अगाडि यूएसडी फर्क, पछाडि मोनोशक जस्ता आधुनिक फिचर यसमा प्रयोग गरिएको छ । यसमा  पूर्ण रूपमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल पनि रहेको छ । 




५. हिरो एक्सपल्स २०० फोर भी:


हिरोको लोकप्रिय मोटरसाइकल एक्सपल्स २०० को नयाँ भर्सन नेपाल आउने कुरा त यहाँहरुलाई थाहा नै होला । नेपालका लागि हिरोको आधिकारीक विक्रेता एनजीएम हिरोले एक्सपल्स २०० फोर भी मोडल नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने जनाएको छ । फोर भी मोडल बिशेष गरी हाइवे पर्फमेन्सको लागि उत्कृष्ट रहेको हिरो मोटोकर्पले जनाएको छ ।


भोर भल्भ इन्जिन प्रयोग भएको सो बाइकमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्दछ । नयाँ एक्सपल्सले पुरानोको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क धेरै जेनेरेट गर्छ । एक्सपल्समा एलइडी लाइट, नयाँ हेडलाइट सेटअप, डिजिटल डिस्प्ले, सिंगल च्यानल एबीएस, व्लूटुथ कनेक्टीभीटी जस्ता फिचर उपलब्ध छन् । नयाँ कलर अप्सनामा आउने यो मोटरसाइकलमा पहिलेभन्दा धेरै माइलेज र पावर रहने अनुमान गरिएको छ ।






नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments