बजाज अटोले नेपाली बजारमा पल्सर १२५ नियोन सार्वजनिक गरेको छ। कम्पनीले १२५ नियोन ड्रम र डिस्क दुबै भेरियन्टमा बजारमा ल्याएको हो।
यसको लुक्स पल्सर १५० नियोन जस्तै छ। १२५ सिसि डिटिएसआई इन्जिनको पल्सर १२५ नियोनले ८ हजार ५ सय आरपिएममा ११.८ बिपिएच पावर र ६ हजार ५ सय आरपिएममा ११ एनएम टर्क जेनेरेट गर्छ। यसको इन्जिनमा मात्र परिवर्तन गरिएको पाइन्छ । नयाँ मोडललाई पल्सर १२५ नियोन भनिने छ ।
बजाज पल्सर १२५ नियोनमा १२५ सीसीको सिंगल सिलिन्डर फोर स्ट्रोक इन्जिन हुनेछ, जसले १३ बीएचपी पावर र ११.४ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा नाइट्रोक्स सस्पेन्सन हुनेछ ।
यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । ५ स्पीड गियरबक्सको साथ आएको यो बाइकलाई प्राइमरी किक्सको सहयाताले कुनै पनि गियरमा क्लच दवायर चालकले स्टार्ट गर्न सक्नेछ ।
यसको अर्को मुख्य विशेषता उच्च गतिमा पनि कम हल्लने र आवाज कम आउने रहेको छ । अहिले कम्पनीले यो मोटरसाइकललाई तीन कलर अप्सनमा बजारमा ल्याएको छ । नियोन ब्ल्यू, सोलार रेड र प्लाटिनम सिल्भर कलरमा आएको यो बाइक सेग्मेन्ट लिडर हुने दाबी कम्पनीले गरेको छ ।
नेपाली बजारमा बजाजका उत्पादनको एसेम्बल्ड गर्दै आएको हुलास अटो क्राफ्टले पल्सर १२५ पनि नेपालमा नै बनाउने भएको हो । यद्यपी कहिलेबाट यसलाई बजारमा ल्याउने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।
हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाजका मोटरसाइकललाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस्तोमा नयाँ पल्सर १२५ ले चाँडै नेपाली बजारमा उत्पादन हुने अनुमान गरिएको छ ।
PREVIOUS NEWS
NEXT NEWS