बजाज पल्सर एनएस २०० को परिमार्जित भर्सन नेपाली बजारमा आउने भएको छ । यो बाइक वर्षको अन्त्यतिर लन्च गरिने कम्पनीले जनाएको छ। आगामी भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा एनएस–२०० को एबीएस भर्सन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।
पल्सर एनएस २०० मा १९९.५ सीसी, लिक्विड कुल्ड, ४ भल्व, फ्युल इन्जेक्टेड जडान छ, ९५०० आरपीएममा २३।५ एचपीको पावर र ८००० आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्नेछ। यसमा इन्जिनमा ६ स्पिड गियरबक्स समावेश गरिएको कम्पनीले जानकारी दिएको छ। नयाँ पल्सरमा फ्युल इन्जेक्सन टेक्नोलोजी र बीएस–६ इन्जिनको प्रयोग गरिने कम्पनीले बताएको छ।
लामो समयदेखि नेपालमा बिक्री वितरण भइरहेको एनएस–२०० सेग्मेन्टमै सर्वाधिक बिक्री हुने बाइक हो । अहिले बजारमा बिक्री भइरहेको एनएस–२०० मा एबीएस सुबिधा उपलब्ध छैन । अब आउने परिमार्जित मोडलमा भने सिंगल च्यानल एबीएस रहेको छ । उक्त मोडललाई बजाजले केही समयअघि भारतीय बजारमा सार्वजनिक गरेको थियो ।
पल्सर एनएस २०० मा ब्रेकिङको लागि फ्रन्टमा २८० एमएम डिस्क र २३० एमएमको रियर डिस्क समावेश गरिएको थियो। नयाँ सेफ्टी मानकको अनुसार यसमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ। बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क्स र रियरमा मोनोसक उपलब्ध रहेको छ । बजाज पल्सर एनएस अब सिग्नेचर एलो कलरमा पनि उपलब्ध हुने भएको छ ।
१७ इन्चको ट्यूवलेस अलोय ह्वील रहेको बाइकमा सेमी डिजिटल कन्सोल रहेको छ । एनालग टेकोमिटर दिइएको बाइकमा स्पीडोमिटर, फ्यूल गज, लो फूल इन्डिकेटर, ट्रिपमिटर, क्लक जस्ता डिजिटल फिचर रहेको छन् । यो बाइकले प्राइस लुक पावरका आधारमा एफजेड–२५०, सीएफमोटो–२५० एनके डुक–२०० जस्ता बाइकसँग प्रतिस्पर्धा गरिरहेको छ । नेपाली बजारमा यसको मूल्य ३ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
PREVIOUS NEWS
NEXT NEWS