Home / Blogs / हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मूल्य
  • Latest Cars
  • 0

हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक; यस्तो छ नयाँ मूल्य

Nepal Auto Trader

Share this News

image

ग्रेटवाल मोटर्सले हाभल एच-सिक्सको २०२३ भर्सन नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि ग्रेटवाल मोटर्सको आधिकारीक विक्रेता भिजी इम्पेक्सले हाभल एच-सिक्सको थर्ड जेनेरेसन अर्थात २०२३ मोडल नेपालमा भित्राएको हो । अघिल्लो मोडलको तुलनामा नयाँ हाभल एच-सिक्समा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर पाउन सकिने कम्पनीले जनाएको छ । नयाँ हाभल एच-सिक्सलाई पूर्ण आधुनिक पारिवारिक कार भनेर दाबी गरिएको छ जुन कारले नयाँ आकार र शैलीको अहसास दिन्छ । 


नयाँ हाभल एच-सिक्स एसयूभीमा २.० लिटरको टर्बो पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम २२४ हर्सपावर तथा ३८५ एनएम टर्क उत्पादन गर्छ । यसमा ९ स्पीडको ड्युल क्लच गियरबक्स दिइएको छ । नयाँ हाभलमा हाइब्रिड टेक्नोलोजी दिएको कारण यसको माइलेज पहिलेको मोडल भन्दा धेरै उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । सो कारमा अल ह्वील ड्राइभ प्रणाली पनि पाउन सकिन्छ । पावरफुल इन्जिन रहेको सो गाडी जस्तोसुकै बाटोको लागि पनि उपयुक्त हुनेछ ।  


हाभल एच-सिक्सको लम्बाई ४६५३ एमएम, चौडाई १८८६ एमएम, उचाई १७२४ एमएम, २७३८ एमएम ह्वीलवेस र १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३९२ लिटर क्षमताको बुट स्पेश र ६० लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको माइलेज पनि निकै उत्कृष्ट रहेको छ । सो कारले १५.४ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १५५५ केजी रहेको छ । यसको टप स्पिड २०० किलोमिटर प्रतिघण्टा रहेको छ ।


नयाँ हाभल एच-सिक्समा एम्विएन्ट लाइटिङ, डुअल हेलाइट सेटअप, फगल्याम्प, नयाँ एलइडी डेटाइम रनिङ लाइट, एलइडी रिडिङ लाइट, लाइट्स अल वार्नीङ सिस्टम, १०.२५ इन्चको कलर इन्स्ट्रुमेन्ट क्लष्टर, १०.२५ इन्चको टच स्क्रृन, ड्यूल जोन अटो एसी,  हिटेड रियर भ्यु मिरर, कार प्ले, एन्ड्रोइड अटो कनेक्टिभीटी, वायरलेस चार्जर, सेन्ट्रल आर्मरेस्ट, मल्टी फङसन स्टेरिङ ह्वील, लेदर स्टेरिङ ह्वील, सार्क फिन एन्टेना र फ्रन्ट बोनलेस वाइपर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।


यसैगरी हाभल एच-सिक्समा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । सुरक्षाका लागि सो कारमा ८ वटा एयरब्याग, अटो वाइपर, ३६० डिग्री क्यामेरा, रियर पार्किङ क्यामेरा, हिल होल्ड कन्ट्रोल, एन्टी-कोलिजन सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल सिस्टम, कर्नरिङ ब्रेक कन्ट्रोल, टायर प्रेसर मनिटर, र लेन किप असिस्ट सेफ्टी फिचर पाउन सकिन्छ । यसैगरी यसमा आइसोफिक्स चाइल्ड सिट माउन्ट,  इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ र स्पीड अलर्ट जस्ता अन्य फिचर पनि पाउन सकिन्छ ।


नयाँ हाभल एच-सिक्सको नेपाली बजार मूल्य १ करोड १६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ  । चिनियाँ ब्राण्ड हाभलका उत्पादन नेपाल सहित विश्वका अन्य ६० भन्दा धेरै देशमा विक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीले नेपालमा पनि नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा समेत वृद्धि ल्याइरहेको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagramTikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।










Our latest comments