नेपाली बजारमा क्लासिक लेजेन्ड येज्दी मोटरसाइकलको बिक्री सुरु भएको छ । नेपालका लागि येज्दी मोटरसाइकलको आधिकारिक विक्रेता अग्नि मोटोइंकले येज्दीका तीन नयाँ मोडलको नेपालमा बिक्री सुरु भएको जनाएको छ । कम्पनीले आफ्नो शोरुममा एक कार्यक्रमको आयोजना गरी गत आइतबारदेखि उक्त बाइकको बिक्री सुरु भएको जानकारी दिएको छ । येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल नेपाली बजारमा बिक्री सुरु गरिएको हो । नेपालमा महिन्द्रा ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले पहिले देखि नै जावा मोटरसाइकल बिक्री–वितरण गर्दै आएको छ ।
येज्दीका यी तीन बाइकमा फरक-फरक विशेषताहरू पाउन सकिन्छ भने यी तीनवटै बाइकको इन्जिन भने एकै प्लेटफर्ममा आधारित छ । यसका सबै मोडलहरुमा ३३४ सीसी इन्जिन पाउन सकिन्छ । येज्दीको यी मोडलहरुमा ३३४ सिसी सिंगल-सिलिन्डर, लिक्विड कुल्ड, चार स्ट्रोक डिओएचसी इन्जिन दिइएको छ । येज्दी एड्भेन्चरले अधिकतम ३०.२ पिएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ भने येज्दी स्क्याम्बलरले २९.१ पिएसको पावर र २८.२ एनएम टर्क जेनेरेट गर्छ र येज्दी रोडस्टरले २९.७ पिएस पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । यी बाइकहरुमा ६ स्पीडको गियरबक्स दिइएको छ । सो बाइकको अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक पाउन सकिन्छ भने यसमा एबीएस पनि रहेको छ ।
येज्दी एड्भेन्चरको तौल १९९ केजी, स्क्याम्बलरको तौल १८२ केजी र रोडस्टरको तौल १८४ केजी रहेको छ । सो मोडलहरुको फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको छ भने पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ । येज्दी स्क्याम्बलर र रोडस्टरमा १२.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक रहेको छ भने एड्भेन्चरमा १५.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक रहेको छ । कम्पनीले ती तीनवटै मोडलले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने जनाएको छ । येज्दी स्क्याम्बलर र रोडस्टरको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ भने एड्भेन्चरको २२० एमएम रहेको छ ।
येज्दीका यि नयाँ मोडलहरुमा एलईडी हेडलाइट, एलईडी टेललाइट, एलईडी टर्न इन्डिकेटर, गोल आकारको एलसीडी डिजिटल डिस्प्ले, ह्यान्डलबार–माउन्टेड यूएसबी, टाइप सी चार्जिङ प्वाइन्ट र टर्न बाई टर्न नेभिगेसन जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी यि बाइकहरुमा स्मार्ट कनेक्ट ब्लुटुथ दिइएको छ जसले आगमन कल, सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी प्रदान गर्छ । यिनिहरुमा भ्वाइस कमान्ड, विन्ड स्कृन, ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, मस्कुलर डिजाइनको इन्धन ट्याङ्की, साइलेन्ट स्टार्ट र राइड मोड जस्ता अन्य फिचर पनि पाउन सकिन्छ ।
येज्दी रोडस्टरको नेपाली बजार मुल्य ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँ तोकिएको छ । सो बाइक विभिन्न ७ कलर अप्सनमा उपलब्ध रहेको छ । येज्दी स्क्र्याम्बलरको नेपाली बजार मुल्य ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो बाइक विभिन्न ६ कलर अप्सनमा उपलब्ध छ । येज्दी एड्भेन्चरको नेपाली बजार मुल्य ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो बाइक विभिन्न २ कलर अप्सनमा उपलब्ध छ । नेपाली बजारमा यज्दीका उत्पादन जावाकै शोरुमबाट विक्री वितरण हुने कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।