जोन्टेसको नयाँ एड्भेन्चर मोटरसाइकल जोन्टेस ३१०-टी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि जोन्टेस मोटरसाइकलको आधिकारिक बितरक आइरन मंकले जोन्टेस ३१०-टी रेगुलर र सिंगल स्वीम आर्म गरी दुई भेरियन्टमा नेपालमा सार्वजनिक गरेको हो । जोन्टेस ३१०-टी एड्भेन्चर टुररका लागि लक्ष्यित गरेर निर्माण गरिएको हो । सो मोटरसाइकलमा पावारफुल पर्फमेन्स, आकर्षक फिचर र उतक्रिस्ट डिजाइन पाउन सकिने कम्पनीले जनाएको छ । जोन्टेस मोटरसाइकल सिटी स्ट्रिट र अफरोड ट्रेल दुवैमा सहज तरिकाले चलाउन सकिने छ ।
जोन्टेस जीटी-३१० टीमा ३१२ सीसी सिंगल सिलिन्डर एफआई यूरो ५ डबल ओभरहेड क्यामसाफ्ट फोर भल्व इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ३५ बीएच पावर तथा ३० एनएम टर्क जेनेरेट गर्दछ । यसमा बोश्च कम्पनीको एफआई सिस्टम पनि रहेको छ । यसमा असिस्ट एन्ड स्लिपर क्लच सहितको ६–स्पिड गियरबक्स रहेको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन रहेको छ ।
जोन्टेस ३१०-टी को लम्बाई २०२१ एमएम, चौडाई ८५० एमएम, उचाई १३६० एमएम, ग्राउण्ड क्लियरेन्स १८६ एमएम र १३९४ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४९ केजी रहेको छ । यो मोटरसाइकलको सिटको उचाई ८३० एमएम रहेको छ । सो बाइकले ३० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको जोन्टेसले २५० देखी ३०० केजी सम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ । सो मोटरसाइकलमा अगाडि ३०० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक रहेको छ ।
जोन्टेस ३१० टीमा स्टाइलिस लाइटिङ सिस्टम, एड्भान्स्ड एलईडी हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, स्लिक हेडल्याम्प कभर, वाटर कुलिङ सिस्टम, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट, एडजष्टएवल विन्ड स्क्रीन,असिस्ट स्लिपर क्लच, ब्यास प्लेट, सिंगल पिस सिट, सिंगल पिस पिलियन ग्र्याब ह्यान्डल, बोश्चले उत्पादन गरेको एबीएस र डबल डिस्क ब्रेक जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ ।
नेपाली बजारमा जोन्टेस ३१०-टी रेगुलर र सिंगल स्वीम आर्म गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । यसको रेगुलर मोडलको मूल्य ८ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने सिंगल स्वीम आर्म भेरियन्टको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तय गरिएको छ । यसले नेपाली बजारमा येज्दी एड्भेन्चर, बीएमडब्लू जी ३१० जीएस र केटीएम ३९० एड्भेन्चर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok, Threads पेज follow गर्नुका साथसाथै हाम्रो Nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।