नेपाली बजारमा क्लासिक लेजेन्ड येज्दी मोटरसाइकलको बुकिङ खुल्ला गरिएको छ । नेपालका लागि येज्दी मोटरसाइकलको आधिकारिक विक्रेता अग्नि मोटोइंकले येज्दीका तीन नयाँ मोडलको नेपालमा बुकिङ खुल्ला गराएको हो । नेपालमा महिन्द्रा ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले पहिले देखि नै जावा मोटरसाइकल बिक्री–वितरण गर्दै आएको छ । येज्दी रोडस्टर, स्क्याम्बलर र एड्भेन्चर गरि तीनवटा नयाँ मोडल नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ती तीनवटै मोडलको बुकिङ खुल्ला गरेको हो । येज्दीका ती तीन मोडलहरु विभिन्न १६ कलर अप्सनमा उपलब्ध रहेका छन् ।
येज्दीका यी तीन बाइकमा फरक-फरक विशेषताहरू पाउन सकिन्छ भने यी तीनवटै बाइकको इन्जिन भने एकै प्लेटफर्ममा आधारित छ । यसका सबै मोडलहरुमा ३३४ सीसी इन्जिन पाउन सकिन्छ । येज्दीको यी मोडलहरुमा ३३४ सिसी सिंगल-सिलिन्डर, लिक्विड कुल्ड, चार स्ट्रोक डिओएचसी इन्जिन दिइएको छ । येज्दी एड्भेन्चरले अधिकतम ३०.२ पिएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ भने येज्दी स्क्याम्बलरले २९.१ पिएसको पावर र २८.२ एनएम टर्क जेनेरेट गर्छ र येज्दी रोडस्टरले २९.७ पिएस पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । यी बाइकहरुमा ६ स्पीडको गियरबक्स दिइएको छ । सो बाइकको अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक पाउन सकिन्छ भने यसमा एबीएस पनि रहेको छ ।
येज्दी एड्भेन्चरको तौल १९९ केजी, स्क्याम्बलरको तौल १८२ केजी र रोडस्टरको तौल १८४ केजी रहेको छ । सो मोडलहरुको फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको छ भने पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ । येज्दी स्क्याम्बलर र रोडस्टरमा १२.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक रहेको छ भने एड्भेन्चरमा १५.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक रहेको छ । कम्पनीले ती तीनवटै मोडलले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने जनाएको छ । येज्दी स्क्याम्बलर र रोडस्टरको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ भने एड्भेन्चरको २२० एमएम रहेको छ ।
येज्दीका यि नयाँ मोडलहरुमा एलईडी हेडलाइट, एलईडी टेललाइट, एलईडी टर्न इन्डिकेटर, गोल आकारको एलसीडी डिजिटल डिस्प्ले, ह्यान्डलबार–माउन्टेड यूएसबी, टाइप सी चार्जिङ प्वाइन्ट र टर्न बाई टर्न नेभिगेसन जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी यि बाइकहरुमा स्मार्ट कनेक्ट ब्लुटुथ दिइएको छ जसले आगमन कल, सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी प्रदान गर्छ । यिनिहरुमा भ्वाइस कमान्ड, विन्ड स्कृन, ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, मस्कुलर डिजाइनको इन्धन ट्याङ्की, साइलेन्ट स्टार्ट र राइड मोड जस्ता अन्य फिचर पनि पाउन सकिन्छ ।
येज्दी रोडस्टरको नेपाली बजार मुल्य ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँ तोकिएको छ । सो बाइक विभिन्न ७ कलर अप्सनमा उपलब्ध रहेको छ । येज्दी स्क्र्याम्बलरको नेपाली बजार मुल्य ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो बाइक विभिन्न ६ कलर अप्सनमा उपलब्ध छ । येज्दी एड्भेन्चरको नेपाली बजार मुल्य ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो बाइक विभिन्न २ कलर अप्सनमा उपलब्ध छ । नेपाली बजारमा यज्दीका उत्पादन जावाकै शोरुमबाट विक्री वितरण हुने कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।