Home / Blogs / येज्दीका तीन मोडल नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता र मुल्य
  • Upcoming Bikes
  • 0

येज्दीका तीन मोडल नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता र मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा क्लासिक लेजेन्ड येज्दी मोटरसाइकल अब छिट्टै भित्रने भएको छ । नेपालका लागि येज्दी मोटरसाइकलको आधिकारिक विक्रेता अग्नि मोटोइंकले येज्दी ब्रान्ड अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालमा महिन्द्रा ग्रुप अन्तर्गतको अग्नि मोटोइंकले पहिले देखि नै जावा मोटरसाइकल बिक्री–वितरण गर्दै आएको छ । अग्नी मोटोइंकले एड्भेन्चर, रोडस्टार र स्क्रयाम्बलर गरि तीन मोडलका येज्दी मोटरसाइकल नेपाल भित्र्याउने भएको हो । यी तीन बाइकमा फरक-फरक विशेषताहरू पाउन सकिन्छ भने यी तीनवटै बाइकको इन्जिन भने एकै प्लेटफर्ममा आधारित छ ।


येज्दीका सबै मोटरसाइकलमा ३३४ सीसी इन्जिन पाउन सकिन्छ । येज्दीको यी मोडलहरुमा ३३४ सिसी सिंगल-सिलिन्डर, लिक्विड कुल्ड, चार स्ट्रोक डिओएचसी इन्जिन दिइएको छ । यी बाइकहरुमा ६ स्पीडको गियरबक्स रहेको छ । येज्दी एड्भेन्चरले अधिकतम ३०.२ पिएस पावर र २९.९ एनएम टर्क जेनेरेट गर्छ भने येज्दी स्क्याम्बलरले भने २९.१ पिएसको पावर र २८.२ एनएम टर्क जेनेरेट गर्छ र येज्दी रोडस्टरले २९.७ पिएस पावर र २९ एनएम टर्क जेनेरेट गर्छ । सो बाइकको अगाडि र पछाडि दुवै पांग्रामा डिस्क ब्रेक पाउन सकिन्छ भने यसमा एबीएस पनि दिइएको छ । 


येज्दी एड्भेन्चरको तौल १९९ केजी, स्क्याम्बलरको तौल १८२ केजी र रोडस्टरको तौल १८४ केजी रहेको छ । सो मोडलहरुको फ्रन्टमा टेलिस्कोपिक फोर्कको साथमा क्वाइल स्प्रिङ प्रदान गरिएको छ भने पछाडि ट्विन सक एब्जर्बरसहितको ग्याँस क्यानिस्टर दिइएको छ । सो बाइकमा १२.५ लिटर इन्धन क्षमताको पेट्रोल ट्यांक रहेको छ जसले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । यसमा ड्युअल पर्पज टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । 


येज्दीका यि नयाँ बाइकहरुमा एलईडी हेडलाइट, एलईडी टेललाइट, एलईडी टर्न इन्डिकेटर, गोल आकारको एलसीडी डिजिटल डिस्प्ले, ह्यान्डलबार–माउन्टेड यूएसबी, टाइप सी चार्जिङ प्वाइन्ट र टर्न बाई टर्न नेभिगेसन जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा स्मार्ट कनेक्ट ब्लुटुथ दिइएको छ जसले आगमन कल, सन्देश, मिस कल, सिग्नल र ब्याट्री जस्ता अलर्ट जानकारी प्रदान गर्छ । यसमा भ्वाइस कमान्ड, ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, साइलेन्ट स्टार्ट र राइड मोड जस्ता अन्य फिचर पाउन सकिन्छ । 


येज्दी रोडस्टरको नेपाली बजार मुल्य ९ लाख १६ हजार देखि ९ लाख २५ हजार रुपैयाँ सम्म हुने कम्पनीले जनाएको छ । सो बाइक विभिन्न ७ कलरमा उपलब्ध हुनेछ । येज्दी स्क्र्याम्बलरको नेपाली बजार मुल्य ९ लाख ४८ हजार देखि ९ लाख ५६ हजार रुपैयाँ सम्म हुने कम्पनीले जनाएको छ । सो बाइक विभिन्न ६ कलरमा उपलब्ध छ । येज्दी एड्भेन्चरको नेपाली बजार मुल्य ९ लाख ९६ हजार र ९ लाख ९८ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । सो बाइक विभिन्न २ कलरमा उपलब्ध छ । नेपाली बजारमा मोटरसाइकल सार्वजनिक गर्ने समय सम्ममा यि बाइकहरुको मुल्यमा केही फरक पर्न सक्ने कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments