Home / Blogs / यामाहा आर १५ भी ४ र आर १५ एम नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

यामाहा आर १५ भी ४ र आर १५ एम नेपालमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर १५ भी ४आर १५ एम सार्वजनिक भएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारि विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आर १५ भी ४ र आर १५ एमको बुकिङ खुलेको पनि जनाएको छ । यामाहाले भृकुटीमण्डपमा गरिरहेको महा एक्सचेन्ज मेलामा सो मोटरसाइकल प्रदर्शन गरेको छ । यामाहाको इन्ट्री लेवल स्पोर्टस मोटरसाइकल आर १५ को नयाँ भर्सन भी ४ र आर १५ एम  मेलामा सार्वजनिक गरिएको हो । यो मोटरसाइकल केहि समय पश्चात विक्री सुरु हुने कम्पनीले जनाएको छ ।


यामाहा आर१५ भी ४ मा १५५ सीसी, ४ स्ट्रोक, लिक्विड कुल्ड, एसओएचसी, ४ भल्भ इन्जिन दिइएको छ जुन इन्जिनले १०००० आरपीएममा १८.४ पीएसको पावर र ७५०० आरपीएममा १४.२ एनएमको टर्क जेनेरेट गर्छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । यसैगरी आर १५ एममा १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग दिइएको छ जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा रहेको छ । 


यामाहा आर १५ भी ४ र आर १५ एमको लम्बाई १९९० एमएम, चौडाई ७९० एमएम, उचाई ११३५ एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम र १३२५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ११ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४२ केजी रहेको छ । सो दुबै बाइकले ३० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो मोटरसाइकलमा अगाडि र पछाडि डिस्क ब्रेक दिइएको छ भने यस बाइकमा डबल–च्यानल एबीएस रहेको छ । यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन रहेको छ । 


यामाहाका सो बाइकहरुमा एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, नयाँ ठाउँमा पुटपेग, अपडेट गरिएको बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट, प्रोजेक्टर एलईडी ल्याम्प, सिंगल पड हेडल्याम्पका साथै डिआरएल, क्विक सिफ्टर, स्लिपर क्लच, स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्विङ आर्मको प्रयोग गरिएको छ । सो दुबै बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ ।


यो दुबै बाइकको मूल्य भने अझै तोकिएको छैन । केहि दिन पश्चात नेपाली बजारमा विक्री सुरु हुने यि मोटरसाइकलको मूल्य ५ लाख ५० हजार रुपैयाँ देखी ६ लाख हाराहारी सम्म पर्ने अनुमान गरिएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले हाल यि बाइकको बुकिङ खुल्ला गरेको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।









 

Our latest comments