Home / Blogs / बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
  • Latest Bikes
  • 0

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

यामाहाको एमटी १५ बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले बीएस ६ भर्सनको एमटी–१५ सार्वजनिक गरेको हो । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक सार्वजनिक गरिएको हो ।  यामाहा एमटी १५ यामाहा आर १५ भी ३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’हो । बीएस ४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन नगरिएको कम्पनीले जनाएको छ ।


एमटी–१५ मा बीएस ६ मापदण्डयुक्त १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन दिइएको छ जुन इन्जिनले १० हजार आरपीएममा १९.३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्दछ । र यसमा ६ स्पिडको गियरबक्स रहनेछ । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । एमटी–१५ को लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, उचाई १०७० एमएम र १३३५ एमएमको ह्वीलवेस रहेको छ । १५५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो मोटरबाइकमा धेरै फिचरहरु समाबेश गरिएको छ ।


यामाहा एमटी १५ मा स्लिप असिस्ट क्लच, टर्विन एलइडी हेडल्याम्प, एलइडी हेडलाईट, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु उपलब्ध छन् । यस्तै यसमा राइड–बाई–वायर, मल्टिमोड ट्रयाक्सन कन्ट्रोल, सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता टप क्लास फिचरहरु उपलब्ध रहेका छन । सो बाइकको दुबै ह्विलमा डिस्क ब्रेक दिइएको छ । नेपाली बजारमा  यसको सिधा प्रतिश्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४भी र केटीएम २०० ड्युकसँग हुने छ ।


यामाहा एमटी १५ बीएस ६ चार कलरमा सार्वजनिक भएको छ जुन ब्ल्याक, मेटालीक ब्ल्याक, डार्क मेट ब्लु, र आइस फ्लुओ भेरमिलियन करलमा उपलब्ध छन । कम्पनीले बीएस ६ भर्सनको मूल्य ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । कलर अनुसार बाइकको मूल्यमा फरक रहेको कम्पनीको भनाइ छ । एमटी १५ बीएस ६ मा हेल्मेट, ज्याकेट, स्कीड प्लेट, ट्याङ्क प्याड, यूएसबी चार्जर तथा सिट कभर नि:शुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments