Home / Blogs / बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक हुँदै; दसैं सम्म आउने
  • Upcoming Bikes
  • 0

बीएस ६ यामाहा एमटी–१५ नेपाली बजारमा सार्वजनिक हुँदै; दसैं सम्म आउने

Nepal Auto Trader

Share this News

image

यामाहाको बहुप्रतिक्षित मोटरबाइक एमटी–१५ को बीएस ६ इन्जिनयुक्त मोडल अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सो मोटरसाइकल दसैं सम्म नेपाली बजारमा सार्वजनिक हुने जनाएको छ । यामाहा एमटी१५ यामाहा आर १५ भी ३ को ‘नेकेड स्ट्रिट फाइटर भर्सन’हो । हाल नेपाली बजारमा उपलब्ध बीएस४ इन्जिनयुक्त एमटी–१५ को बिक्री हुँदै आएको छ । यामाहाका अर्का दुई मोडल एफजेड–एक्स १५० र एफजेडएस भी३ पनि सार्वजनिक हुने सम्भव रहेको छ ।


एमटी–१५ मा बीएस ६ मापदण्डयुक्त १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १० हजार आरपीएममा १९.३ एचपी पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्दछ । हाल नेपाली बजारमा उपलब्ध बीएस ४ इन्जिनयुक्त एमटी–१५ को तुलनामा यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन भने गरिएको छैन । यसको फ्युल इन्जेक्टेड इन्जिन यामाहा आर१५ भी३बाट आयात गरिएकोले यसमा पनि भीभीए (भेरिएबल भल्भएक्चुएसन) छ र यसमा ६ स्पिडको गियरबक्स रहनेछ ।


यामाहा एमटी १५ मा स्लिप असिस्ट क्लच, टर्विन एलइडी हेडल्याम्प, सिंगल च्यानल एबीएस, एलोइ हविल, एलईडी टेल लाइट र अल डिजिटल इन्स्टयुमेन्ट प्यानल लगाएतका फिचर्सहरु उपलब्ध छन् । यस्तै यसमा राइड–बाई–वायर, मल्टिमोड ट्रयाक्सन कन्ट्रोल, सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता टप क्लास फिचरहरु उपलब्ध रहेका छन । सको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने वजन १३८ केजी छ ।  एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फोर्क र पछाडि मोनोसक दिइएको छ । 


अहिले नेपाली बजारमा उपलब्ध बीएस ४ इन्जिनयुक्त एमटी–१५ को मूल्य ४ लाख ४२ हजार ९ सय रुपैयाँ रहेको छ भने नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल नेपाली बजारमा सार्वजनिक भएपछी यसको मूल्य हालको मोडल भन्दा ४० हजार देखि ५० हजार रुपैयाँ सम्म बढी हुने अनुमान गरिएको छ  ।  नेपाली बजारमा  यसको सिधा प्रतिश्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाचे आरटीआर २०० ४भी र केटीएम २०० ड्युकसँग हुँदै आएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments