Home / Blogs / टीभीएस राइडर १२५ नेपालमा सार्वजनिक हुने भयो; यस्तो छ मूल्य
  • Upcoming Bikes
  • 0

टीभीएस राइडर १२५ नेपालमा सार्वजनिक हुने भयो; यस्तो छ मूल्य

Nepal Auto Trader

Share this News

image

टीभीएस राइडर १२५ नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले १२५ सीसी क्षमताको नयाँ मोटरसाइकल राइडरको विक्री अब छिट्टै सुरु हुने जनाएको छ । जगदम्बा मोटर्सका अनुसार आगामी आइतबारदेखि सो बाइकको विक्री तथा बितरण सुरु गरिने छ । टीभीएस राइडर १२५ बीएस ६ इन्जिन र स्पोर्टी स्टाइलमा निर्मित हुनाले सो मोटरबाइक युवा ग्राहकलाई धेरै मन पर्ने कम्पनिले जनाएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा आफ्नो नयाँ बाइक पनि थपेको छ । 


टीभीएस राइडरमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्दछ । सो बाइकमा ५ स्पीड गियरबक्स दिइएको छ । यसमा अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स,१० लिटर क्षमताको इन्धन ट्यांक, १७ इन्चको टायर, १३२६ एमएमको ह्वीलवेस, ७८० एमएमको सिट हाइट दिइएको छ ।


निकै स्टाइलिस डिजाइनमा आएको राइडरमा एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, र अपराइट ह्याण्डलबार जस्ता बिशेषता पाउन सकिन्छ । सो बाइकले ०-६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने कम्पनीले दाबी गरेको छ । यसका अन्य धेरै विशेषताहरु अपाचे आरटीआर १६० फोर भीबाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।    


टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएसका मोटरबाइक तथा स्कूटेरको बिक्री बितरण गर्दै आएको छ । जगदम्बा मोटर्सले यसको नेपाली बजार मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । बीएस ६ इन्जिनमा उपलब्ध हुने राइडरले नेपाली बजारमा होन्डा सीबी साइन, साइन एसपी १२५, हिरो ग्ल्यामर, बजाज पल्सर १२५ र एनएस १२५ आदि बाइकसँग प्रतिस्पर्धा गर्नेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments