Home / Blogs / टीभीएस राइडर १२५ सार्वजनिक; नेपाली बजारमा पनि आउने
  • Upcoming Bikes
  • 0

टीभीएस राइडर १२५ सार्वजनिक; नेपाली बजारमा पनि आउने

Nepal Auto Trader

Share this News

image

टीभीएस मोटर्स कम्पनीले नयाँ १२५ सीसी क्षमताको मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले बजारमा १२५ सीसीको स्पोर्टी कम्युटर बाइक राइडर सार्वजनिक गरेको जनाएको छ । यसका साथ टीभीएसले अब १२५ सीसी सेगमेन्टमा आफ्नो नयाँ बाइक पनि थपेको छ । टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले राइडर १२५ अब बीएस ६ इन्जिनमा नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुने जनाएको छ । स्पोर्टी स्टाइलमा निर्मित सो मोटरबाइक युवा ग्राहकलाई मध्यनजर गरी सेटअप गरिएको छ । 


टीभीएस राइडरमा १२४.५ सीसी क्षमताको सिंगल सिलिण्डर एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ७५०० आरपीएममा ११.२२ हर्स पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्दछ । सो बाइकमा ५ स्पीड गियरबक्स दिइएको छ भने यसले ०-६० किलोमिटरको स्पीड केवल ५.९ सेकेन्डमा भेट्टाउने छ । यसमा अगाडि २४० एमएमको पेटल डिस्क ब्रेक, पछाडि १३० एमएमको ड्रम ब्रेक, अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । यसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ ।


निकै स्टाइलिस डिजाइनमा आएको राइडरमा एलइडी हेडल्याम्प, सि आकारको एलइडी डे टाइम रनिङ लाइट, ५ इन्चको टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, स्प्लीट सिट, सिंगल पिस ग्राबरेल, आल्मुनियम अलोय ह्वील, रबर ब्रेक प्याडल, सार्प बडी लुक्स, राइडर थ्रिडी लोगो, थ्रिडी हर्स लोगो, मस्कुलर फ्यूल ट्यांक, र अपराइट ह्याण्डलबार जस्ता बिशेषता पाउन सकिन्छ । यसमा १० लिटरको इन्धन ट्यांकी छ भने कर्ब वेट १२३ किलोग्राम, १७ इन्चको टायर, १३२६ एमएमको ह्वीलवेस, ७८० एमएमको सिट हाइट रहेको छ ।


टीभीएसको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा टीभीएसका मोटरबाइक तथा स्कूटेरको बिक्री बितरण गर्दै आएको छ । कम्पनीले राइडर १२५ नेपाल ल्याउने प्रक्रिया सुरु गरिसकेको जनाएको पनि छ । बीएस ६ इन्जिनमा उपलब्ध हुने राइडरले नेपाली बजारमा होन्डा सीबी साइन, साइन एसपी १२५, हिरो ग्ल्यामर, बजाज पल्सर १२५ र एनएस १२५ आदि बाइकसँग प्रतिस्पर्धा गर्नेछ । सो बाइकको नेपाली मुल्य मूल्य २ लाख ५५ हजार हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments