Home / Blogs / टीभीएस रोनिन मोटरसाइकल अब नेपाली बजारमा; यस्ता छन् बिशेषता
  • Latest Bikes
  • 0

टीभीएस रोनिन मोटरसाइकल अब नेपाली बजारमा; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

टीभीएसको रेट्रो डिजाइन मोटरसाइकल टीभीएस रोनिन २२५ नेपाल भित्रिएको छ । नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक विक्रेता जगदम्बा मोटर्स कम्पनीले दुई यूनिट टीभीएस रोनिन मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । यसको परीक्षण पनि सुरू भएको कम्पनीले जनाएको छ । । नेपाली नयाँ वर्ष २०८० अवसरमा टीभीएस रोनिन सार्वजनिक गर्ने तयारी भइरहेको जगदम्बाले जनाएको छ । टीभीएस रोनिन स्टाइल, टेक्नोलोजी र राइडिङ अनुभवका साथ डिजाइन गरिएको हो ।  


टीभीएस रोनीन २२५ मा अल न्यू २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ जुन इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत दिइएको छ । यसको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन रहेको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा सिंगल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसमा १७ इन्चको अलोय ह्वील दिइएको छ । 


टीभीएस रोनीन २२५ को लम्बाई २०४० एमएम, चौडाई ८०५ एमएम, उचाई ११७० एमएम, ग्राउण्ड क्लियरेन्स १८१ एमएम र १३५७ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १५९ केजी रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । रोनीन २२५ मा साइलेन्ट स्टार्ट सिस्टम आइएसजी पनि दिइएको छ ।


टीभीएस रोनीन २२५ मा फुल एलइडी लाइट, राउन्ड सेप एलईडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, क्लासिक डिजिटल स्मार्ट क्लष्टर, भ्वाइस कमान्ड, टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथ, ड्युअल पर्पज टायर, हाई ग्राउन्ड क्लियरेन्स, साइलेन्ट स्टार्ट र राइड मोड जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा ड्युअल पर्पज टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । सो मोटरसाइकलमा कम्फर्टका लागि वाइड सिंगल पिस सिट दिइएको छ भने यसको इन्जिनमा समेत ट्यूनिङ गरिएको छ ।   


टीभीएस रोनिन विभिन्न ३ भेरिएन्टमा उपलब्ध रहेको छ । हाल भारतीय बजारमा सार्वजनिक गरिएको टीभीएस रोनिनको मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको छ भने नेपाली बजारमा सार्वजनिक हुँदा यसको मुल्य ४ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्ममा हुने अनुमान गर्न सकिन्छ । परीक्षण सफल भएमा नेपाली नयाँ वर्ष २०८० अवसरमा टीभीएस रोनिन सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





  






Our latest comments