Home / Blogs / टाटाको नयाँ एसयूभी ‘पन्च’ सार्वजनिक; नेपालमा पनि छिट्टै आउने
  • Upcoming Cars
  • 0

टाटाको नयाँ एसयूभी ‘पन्च’ सार्वजनिक; नेपालमा पनि छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

टाटा मोटर्सले नयाँ माइक्रो एसयूभी सार्वजनिक गरेको छ । उक्त एसयूभीको नाम भने ‘टाटा पन्च’ राखिएको छ । चाडपर्वको नजिक पारेर बजारमा ल्याउने तयारी गरिएको सो माइक्रो एसयूभी टाटाको सबैभन्दा सानो एसयूभी हुनेछ । सो एसयूभी एचबीएक्स कन्सेप्टमा आधारित हुने कम्पनीको भनाइ छ । सो माइक्रो एसयूभी पन्च नेक्सनभन्दा कम मूल्यमा आउने छ भने यसलाई नेक्सन कम्प्याक्ट एसयूभी भन्दा तल राखिएको छ । यो कार हल्का हलुको तर क्षमतामा बलियो हुने कम्पनीले जनाएको छ ।


पन्च एसयूभी १.२ लिटरका दुई इन्जिन अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ । पन्चको टप भेरियन्टमा १.२ लिटर टर्बो इन्जिन रहने अनुमान गरिएको छ । पन्च एसयूभीमा १६ इन्चको स्टाइलिस ह्विल दिइएको छ भने सो एसयूभी टाटाको इम्प्याक २ डिजाइन ल्याङवेजमा आधारीत अल्फा प्ल्याटफर्ममा बनेको छ । यसलाई इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेज अन्तर्गत विकसित गरिएको छ जसले गर्दा युवाहरुलाई आकर्षित गर्न सजिलो हुने कम्पनीको भनाइ छ । यसको इन्टेरियरको विषयमा भने कम्पनीले केही जानकारी दिएको छैन ।


टाटा पन्च एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, थ्री स्पोक फ्ल्याट बटम स्टेयरिङ ह्विल, एचभीएसी कन्ट्रोल, डिजिटल टेकोमिटर र एनालग स्पिडोमिटरका साथ पार्ट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता धेरै फिचरहरु उपलब्ध हुनेछन् । कम्पनीका अनुसार पन्चमा पनि स्प्लिट हेडल्याम्प र टाटाको ह्युमानिटी लाइन ग्रिल उपलब्ध रहने छ । सानो भएर पनि यो एसयूभी टाटाको एच फाइभ र सफारी जस्तै फेमिली डिजाइन ल्यांग्वेज जस्तो देखिने कम्पनीले जनाएको छ । स्क्वायर ह्विल आर्च र अपराइट स्टान्सले यसलाई एक एसयूभी लुक दिएको छ । 


टाटा पन्च एसयूभी पनि नेपाली बजारमा छिट्टै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । यसको मूल्य भारतीय बजारमा ५ लाख भारु भन्दा कम हुन सक्ने बताइएको छ भने नेपाली बजार मुल्य भने सार्वजनिक भएको छैन । टाटा पन्चको नेपाली बजारमा प्रतिस्पर्धा हुन्डाईको माइक्रो एसयूभी क्यास्पर र मारुती सुजुकी इग्निसका साथै इन्ट्री लेवलका एसयूभी निसान म्याग्नाइट र रेनो काइगरसँग हुनेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments