Home / Blogs / हुन्डाई अउरा फेसलिफ्ट भर्सन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
  • Upcoming Cars
  • 0

हुन्डाई अउरा फेसलिफ्ट भर्सन सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

हुन्डाई मोटर्सले कम्प्याक्ट सेडान औराको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ । यसको भारतमा बुकिङ खुल्ला गरिएको पनि कम्पनीले जनाएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले औराको फेसलिफ्ट भर्सन नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक गरिने जनाएको छ । पेट्रोल र सिएनजी दुवै भर्सनमा सार्वजनिक भएको औरा फेसलिफ्टको एक्सटेरियर र इन्टेरियरमा व्यापक सुधार गरिएको छ भने यसमा आधुनिक सेफ्टी फिचर्स पनि समावेश गरिएको छ ।


हुन्डाई अउरा फेसलिफ्ट भर्सनमा कप्पा इन्जिनको दिइएको छ । सो कारमा १.२ लिटर फोर सिलिन्डर पेट्रोल इन्जिन रहेको छ जुन इन्जिनले अधिकतम ८३ पीएस पावर र ११३.८ एनएम पीक टर्क प्रदान गर्छ । यो कार ५ स्पिड म्यानुअल र एएमटी ट्रान्ससिमनमा उपलब्ध रहेको छ । हुन्डाईको अउरा फेसलिफ्टमा नयाँ डिजाइन गरिएको १५ इन्चको डायमण्ड–कट एलोय ह्वील दिइएको छ । सो कार सिएनजी भेरियन्टमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसअघि उपलब्ध रहँदै आएको १.० लिटर टर्वो पेट्रोल इन्जिनलाई भने वन्द गरिएको छ ।


हुन्डाई अउरा फेसलिफ्टको लम्बाई ३९९५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम, २४५० एमएम ह्वीलवेस र १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४०२ लिटर क्षमताको बुट स्पेश र ३७ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले २० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ९४९ केजी रहेको छ भने यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । 


अउरा फेसलिफ्टमा स्वेप्ट ब्याक प्रोजेक्टर हेडल्याम्प, ट्विन बुमेराङ आकारको एलईडी डीआरएल, स्टार्टस्टप पुस बटन, एप्पल कारप्ले र एन्ड्रोइड अटो सहितको ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर एसी भेन्ट, एड्जस्ट गर्न मिल्ने रियर हेडरेस्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, टाईप सी चार्जिङ पोर्ट, भोइस रिकग्निसन, र कुल्ड ग्लोभ बक्स जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सो कारको बाहिरी भागमा थ्रीडी ब्ल्याक रेडिएटर ग्रिल रहेको छ । 


कारको इन्टेरियरमा भने खासै परिवर्तन गरिएको छैन । यसमा ग्लसी ब्ल्याक इन्सर्टस, लेदरले र्याप गरिएको स्टेयरिङ ह्वील, फुटवेल एरियामा नयाँ कलर, क्रोम फिनिस्ड गियर नब, पार्किङ लिभर टिप, भित्रि ह्यान्डलमा मेटल फिनिस र नयाँ फ्याब्रिक डिजाइन सिट दिइएको छ । यसमा फुटवेल लाइटिङ र रियर सिट हेडरेस्ट पनि रहेको छ । सुरक्षाका लागि सो कारमा ६ वटा एयरव्याग, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, क्र्यास सेन्सर, इन्जिन इमोविलाइजर, इन्जिन चेक वार्निङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ । 


हुन्डाईले भारतमा यसको मूल्य ६ लाख २९ हजारदेखि ८ लाख ८७ हजार रुपैयाँसम्म निर्धारण गरेको छ भने अउरा फेसलिफ्ट भर्सनको नेपाली बजार  मूल्य सार्वजनिक गरिएको छैन । यो कार ६ भिन्न कलर अप्सनमा उपलब्ध हुनेछ । नेपाली बजारमा पनि यो कार केही समय पछि आउने अनुमान गरिएको छ भने यसको नेपाली मुल्यको जानकारी पनि छिट्टै सार्वजनिक हुनेछ । यसले नेपाली बजारमा टाटा टिगोर, होण्डा अमेज र मारुती सुजुकी डिजायर लगायत कारसंग सिधा प्रतिस्पर्धा गर्ने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments