Home / Blogs / नेपाली बजारमा भित्रियो जिप मेरिडियन; छिट्टै सार्वजनिक र बिक्री शुरु गर्ने कम्पनीको तयारी
  • Upcoming Cars
  • 0

नेपाली बजारमा भित्रियो जिप मेरिडियन; छिट्टै सार्वजनिक र बिक्री शुरु गर्ने कम्पनीको तयारी

Nepal Auto Trader

Share this News

image

अमेरिकन अटो निर्माता कम्पनी जीपको नयाँ ७ सिटर क्षमताको मेरिडियन एसयुभी नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि जीपको  आधिकारिक वितरक लाइफ अटोमोवाइल्सले नयाँ प्रिमियम एसयूभी मेरिडियनको बिक्री अब छिट्टै शुरु हुने जनाएको छ । जीपको मेरिडियनका केही युनिटहरु शोरुममा आइपुगेको र यसलाई सार्वजनिक गर्न केही समय लाग्ने कम्पनीले जनाएको छ । जीप मेरिडियन साउथ अमेरिकी बजारमा सार्बधिक विक्री हुँदै आएको जीप कमाण्डर नै हो । जीप मेरिडियन लिमिटेड (अप्सनल) भेरिएन्टमा मात्र नेपाली बजारमा उपलब्ध हुनेछ ।


जीप मेरिडियनमा २.० लिटर फोर सिलिन्डर मल्टिजेट डिजेल इन्जिनको साथमा ४८ भोल्डको माइल्ड हाइब्रिड टेक्नलाजी दिइएको छ जुन इन्जिनले अधिकतम १७० पीएस पावर र ३५० एनएम पीकटर्क प्रदान गर्छ । यसमा फ्रन्ट ह्विल ड्राइभ सहित ६ स्पिड म्यानुअल र ९ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । फोर ह्विल ड्राइभमा उपलब्ध सो एसयूभीलाई १९८ किलोमिटर प्रतिघण्टा सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । साथै यसको टप स्पीड क्षमता १९८ किलोमिटर रहेको छ । 


जीप मेरिडियनको लम्बाई ४७६९ एमएम, चौडाई १८५९ एमएम, उचाई १६८२ एमएम, २७९४ एमएम ह्वीलवेस र २१४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४३८ लिटर क्षमताको बुट स्पेश र ६३ लिटरको इन्धन ट्याङ्की रहेको छ । जीप कम्पासको प्लेटफर्ममा बनेको मेरिडियनमा ३ रो सिट दिइएको छ जसको कारणले गर्दा यसको लम्बाई र ह्वीलवेस समेत बढाइएको छ । मेरिडयनमा १८ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ ।


मेरिडियनमा सार्प लुकिङ एलइडी लाइट, सिंग्नेचर भर्टिकल क्रोम स्लाट, नयाँ एलइडी डेटाइम रनिङ लाइट, वाइड सेन्ट्रल एयर इनलेट, ट्रापेजोडियल ह्वील आर्क, एलइडी टेललाइट, १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस कनेक्टीभीटी, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, प्यानारोमीक सनरुफ, भेन्टीलेटेड फ्रन्ट सिट, वायरलेस मोवाइल चार्जर, माउण्टेड कन्ट्रोल स्टेरिङ ह्वील, लेदर सिट जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध रहेको छ ।


जीप मेरिडियन एसयूभीमा ६० भन्दा बढी सुरक्षा फिचर पाउन सकिन्छ । सुरक्षाका लागि जीप मेरिडियनमा ६ वटा एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, ईबीडी सहितको एबीएस, अव्स्टेकल डिटेक्सन, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसैगरी यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, वायरलेस चर्जिङ, पावर्ड लिफ्टगेट, यूकनेक्ट तथा अल्पाइनको ९ वटा स्पिकर र ८ तरिकाबाट एडजस्ट गर्न मिल्ने सिट जस्ता अन्य आधुनिक फिचर पनि पाउन सकिन्छ ।


जीप मेरिडियन एक्सयूभीको नेपाली बजार मूल्य १ करोड ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो एसयुभीलाई स्यान्ड/मड, स्नो र अटो गरी तीन ड्राइभ मोडमा चलाउन सकिन्छ । औपचारिक सार्वजनिक पश्चात सो एसयुभीले नेपाली बजारमा स्कोडा कोडियाक, एमजी ग्लोस्टर र टोयोटा फर्चूनरसंग प्रतिस्पर्धा गर्ने छ ।   


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।











Our latest comments