Home / Blogs / सुजुकी अभिनिस १२५ सार्वजनिक; जनवरीमा नेपाल आउने
  • Upcoming Scooter
  • 0

सुजुकी अभिनिस १२५ सार्वजनिक; जनवरीमा नेपाल आउने

Nepal Auto Trader

Share this News

image

सुजुकीले नयाँ स्कुटर अभिनिस १२५ सार्वजनिक गरेको छ ।  कम्पनीले गत शनिबार सो स्कुटर सार्वजनिक गरेको हो । नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरहरूको आधिकारिक विक्रेता भिजी अटोमोवाइल्सले जनवरीमा एभिनिसलाई नेपाल ल्याउने तयारी गरेको जनाएको छ । अभिनिस एसइपी प्रविधिमा आधारित एभिनिस १२५ केही दिन अघि भारतमा विक्री सुरु गरिएको थियो । सो स्कुटर बढ्दो स्पोर्टी स्कुटरको बजारलाई ध्यानमा राख्दै निर्माण गरिएको सुजुकीले जनाएको छ ।


१२५ सिसी इन्जिन क्षमता भएको नयाँ अभिनिसमा एफआई प्रविधि जडान गरिएको छ । अभिनिस १२४ सीसी सिंगल सिलिन्डर, एफआई इन्जिनले ८६,७५० आरपिएममा अधिकतम ८.७ पिएस पावर र ५,५०० आरपिएममा १० एनएमको टर्क जेनेरेट गर्दछ । स्कुटरको तौल जम्मा १०६ केजी रहेको  छ भने सो स्कुटरमा ५.२ लिटरको इन्धन ट्यांकी दिइएको छ । अभिनिस १२५ को लम्बाई १८९५  एमएम, चौडाई ७१० एमएम, उचाई ११७५ एमएम, १२६५ एमएम ह्वीलवेस र १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।


सुजुकी अभिनिसमा नयाँ एलइडी हेडल्याम्प तथा  ट्वीन ट्रयाङग्लर टेलल्याम्प पाउन सकिन्छ भने यसमा ट ग्रयावरेल, सानो वीन्ड स्क्रीन, सार्प फ्रन्ट लुक, एलइडी इन्डिकेटर, डिजिटल क्लस्टर जस्ता फिचर यसमा थप गरिएको छ । ब्लुटुथ कनेक्ट फिचर तथा अल एलइडी हेडल्याम्प, फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट पनि यसमा समाबेश छन । यसको फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक रहेको छ भने यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा स्वीङ आर्म सस्पेन्सन रहेको छ ।


सुजुकी अभिनिस दुई ट्रिममा नेपाली बजारमा उपलब्ध हुनेछ स्टान्डर्ड र रेस एडिसन । अभिनिसको स्टान्डर्ड स्कुटर ग्रे र हरियो, सुन्तले रंग र कालो, सेतो र ग्रे र कालो रंगमा उपलब्ध हुनेछ भने रेस संस्करण निलो रंगमा समेत उपलब्ध हुने कम्पनिले जनाएको छ । सुजुकीको नयाँ अभिनिसले नेपाली बजारमा टिभिएसको एनटर्क र यामाहा रेजेड आरसँग प्रतिस्पर्धा गर्नेछ । यसको नेपाली मुल्य भने सार्वजनिक भएको छैन तर स्टान्डर्ड संस्करणको भारु मूल्य ८६ हजार ७ सय छ भने रेस संस्करणको मूल्य भारु ८७ हजार रुपैयाँ छ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments