बेनेलीको रेट्रो डिजाइन स्कुटर नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले आफ्नो फेसबुक पेजमार्फत यस सम्बन्धी टिजर पनि सार्वजनिक गरेको छ । कम्पनीले बेनेली प्यानरिया १२५ स्कुटर अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । हालसम्म नेपाली बजारमा बेनेलीका कुनै पनि स्कुटर उपलब्ध छैन् भने यो बेनेलीको नेपालमा पहिलो स्कुटर हुनेछ । केटीएम इन्टरनेशनलले यसको बुकिङसमेत खुल्ला भइसकेको जनाएको छ ।
बेनेली प्यानरिया १२४ मा सीसी सिगंल सिलिन्डर, फोर स्ट्रोक, टू भल्भ, एफआई इन्जिन दिइएको छ जुन इन्जिनले ६००० आरपीएममा ८.५ हर्स पावर तथा ७५०० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्दछ । यो स्कुटरको फ्रन्टमा टेलीस्कोपीक सस्पेन्सन र रियरमा स्वीङ आर्म सस्पेन्सन दिइएको छ । प्यानरिया १२४ को लम्बाई १८२५ एमएम, चौडाई ६८५ एमएम, उचाई ११७५ एमएम, १२७० एमएम ह्वीलवेस र १२५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । स्कुटरको तौल जम्मा १०४ केजी रहेको छ भने सो स्कुटरमा ४.६ लिटरको इन्धन ट्यांकी दिइएको छ ।
बेनेली प्यानरियामा फुल्ली डिजिटल ड्यासबोर्ड, डीआरएल सहितको नयाँ एलइडी हेडल्याम्प तथा ट्वीन ट्रयाङग्लर टेलल्याम्प, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, फ्रन्ट डिस्क ब्रेकिङ सिस्टम, किल स्विच, चार्जिङ प्वाइन्ट जस्ता विभिन्न बिशेषता पाउन सकिन्छ । सो स्कुटरमा १२÷९० साइजको टायर प्रयोग गरिएको कम्पनीले जनाएको छ । ब्लुटुथ कनेक्ट फिचर तथा फ्रन्ट ग्लोभबक्स, साइड स्ट्यान्ड इन्जिन कट, एप वेस कनेक्टिङ फिचर, चार्जिङ पोर्ट, सार्प फ्रन्ट लुक, एलइडी इन्डिकेटर पनि यसमा समाबेश छन ।
बेनेली प्यानरिया स्कुटर ब्लु, ब्ल्याक, यल्लो र ह्वाइट गरि चार कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । बेनेलीको सोरुममार्फत ग्राहकले बेनेली प्यानरिया १२५ बुकिङ गर्न सक्ने केटीएम इन्टरनेशनल ट्रेडिङले जनाएको छ । प्यानरियाको मूल्य ३ लाख ३५ हजार निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ । सो स्कुटरले नेपाली बजारमा इटालीयको अर्को ब्रान्ड भेष्पासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।