Home / Blogs / एमजी हेक्टर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

एमजी हेक्टर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा बहुप्रतीक्षित एसयूभि एमजी हेक्टर सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले हेक्टरको आधिकारीक विक्री सुरु गरेको पनि जनाएको छ । दशैं अघिदेखि नै बुकिङ लिइरहेको कम्पनीले नक्सालस्थित सोरुममा एक कार्यक्रमका बीच सो गाडी र यसको मूल्य सार्वजनिक गरेको हो । भारतमा उत्पादन भएको एमजी हेक्टर पहिलो पटक नेपाली बजारमा भित्रिएको हो । कम्पनीले अहिले इजेडएस, एचएस जस्ता मोडल नेपाली बजारमा विक्री तथा बितरण गर्दै आएको छ भने अब यसमा हेक्टर पनि थपिएको छ ।


एमजीले हेक्टरमा १.५ लिटर टर्बोचाज्र्डको साथ पेट्रोल ४८ भोल्ट माइल्ड हाइब्रिड इन्जिन दिएको छ जुन इन्जिनले १४१ बीएच पावर र २५० एनएम टर्क प्रदान गर्दछ । यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड ड्यूल क्लच अटोमेटिक ट्रान्समिसन रहेको छ । एमजी हेक्टरको लम्बाई ४६५५ एमएम, चौडाई १८३५ एमएम र उचाई १७६० एमएम रहेको छ । यसमा २७५० एमएमको ह्वीलवेस र १९२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सो एसयूभीमा २० इन्चको अलोय ह्वील समावेश गरिएको छ । यसमा ४६० लिटरको बुट स्पेस पनि रहेको छ ।


एमजी हेक्टर एसयूभीमा धेरै फिचरहरु समाबेश गरिएको छ । यसमा १०.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ जसले एन्ड्रोयड अटो र एपल कारप्ले सपोर्ट गर्दछ । सो एसयूभीमा ३६० डिग्री क्यामेरा,इलेक्ट्रिक सनरुफ, हिटेड आउट साइड रियर भ्यु मिरर, बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, स्टाइलिस आर १७ सिल्भर एलोइज र २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम जस्ता बिशेषता छन । सुरक्षाको लागि एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक दिइएको छ ।


पारामाउन्ट मोटर्सले हेक्टरको साइन, स्मार्ट र सार्प गरी तीन भेरियन्ट नेपाली बजारमा ल्याएको हो । हेक्टर साइन एमटीको मूल्य ५९ लाख ९९ हजार, स्मार्ट एमटीको मूल्य ६७ लाख ९९ हजार र सार्प एमटीको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने हेक्टर साइन सीभीटीको मूल्य ६४ लाख ९९ हजार, स्मार्ट सीभीटीको मूल्य ७० लाख ५० हजार र सार्प सीभीटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकले एमजी हेक्टरको खरिद नक्सालस्थित सोरुम भिजिट गरेर गर्ने सकिने कम्पनीले जनाएको छ । विश्वभर एमजीका उत्पादनहरु १०० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ । 




नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments