बेनेली मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता केटीएस इन्टरनेशनल ट्रेडिङ प्रालिले बेनेली मोटरसाइकलको नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ । साथै केटीएम इन्टरनेशनलले कि–वे ब्रान्डका मोटरसाइकल पनि विक्री गर्दै आइरहेको छ । हालै सो कम्पनीले भाद्र महिनादेखी लागु हुने गरि बेनेली मोटरसाइकलको नयाँ मूल्यसूची प्रकाशित गरेको छ । कम्पनीले कि–वे ब्रान्डको दुई मोडल र बेनेलिको १० मोडल गरि १२ मोडलका मोटरसाइकल नेपाली बजारमा विक्री गर्दै आएको छ । हाल कम्पनीले नेपालमा बेनेलीका २ लाख ४७ हजार ५०० रुपैयाँदेखि २५ लाख १५ हजार रुपैयाँसम्मका मोटरसाइकल विक्री गरिरहेको छ । यस्तो छ बेनेली मोटरसाइकलको सबै मोडलको नयाँ मूल्यसुची ।
मोडल | इन्जिन क्षमता | नयाँ मूल्य |
बेनेली टीएनटी १५ | १४८ सिसी | रु. २,४७,५०० |
बेनेली टीएनटी १५ आइ | १४८ सिसी | रु. ३,४३,१५० |
बेनेली टीएनटी १३५ | १३४.७ सिसी | रु. २,७५,००० |
बेनेली १८० एस | १७५.३ सिसी | रु. ४,३०,००० |
बेनेली १८० एन नियोन | १७५.३ सिसी | रु. ४,४०,००० |
बेनेली ३०२ एस | ३०० सिसी | रु. ९,३५,००० |
बेनेली ३०२ एस नियोन | ३०० सिसी | रु. ९,६०,००० |
बेनेली टीएनटी ६०० आइ | ६०० सिसी | रु. २३,५८,००० |
बेनेली ७५२ एस | ७५४ सिसी | रु. २५,१५,००० |
बेनेली टीआरको २५१ | २४९ सिसी | रु. ७,८९,००० |
कि–वे पीइ २५० | २५० सिसी | रु. ४,५४,००० |
कि–वे केलाइट २०२ | २०० सिसी | रु. ४,०७,००० |