Home / Blogs / आउने भयो रोयल इन्फिल्ड मेटोर ३५० नेपालमा; यस्तो छ मुल्य
  • Upcoming Bikes
  • 0

आउने भयो रोयल इन्फिल्ड मेटोर ३५० नेपालमा; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

रोयल इन्फिल्ड बाइक मात्र होइन, ‘स्टाइल’ हो, ‘ब्रान्ड’ हो जसले नेपाली बजारमा पनि आफ्नो राम्रै छाप छाडेको छ । रोयल इन्फिल्ड लामो दूरीको यात्रा तय गर्न एक्दम उपयुक्त मानिन्छ । सो अवधारणालाई मध्यनजर गर्दै रोयल इन्फिल्डको आधिकारीक वितरक विवेक अटोमोवाइलले नेपाली बजारमा मेटोर ३५० सार्वजनिक गर्ने तयारी गरिरहेको छ । मेटोर ३५० ले ‘इन्डियन मोटरसाइकल अफ दि इयर’, सिएनवीसी अवार्ड, इन्डियन मोविलिटी अवार्ड, अटोकार अवार्ड जस्ता प्रतिष्ठित अवार्ड पनी हासिल गर्न पुगेको छ । रोयल इन्फिल्डका बाइक अहिले नेपाली बजारमा प्रशस्त रुपमा देखिन थालेका छन् । 


रोयल इन्फिल्ड मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ जुन इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्दछ ।  सो बाइक बीएस६ मापदण्डको इन्जिनमा आधारित छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । रोयल एनफील्ड मेटोर ३५० तीन वेरिएंटमा उपलब्ध छन; फायरबल, स्टेलर र सुपरनोभा । यसमा २७० एमएम रियर डिस्क ब्रेक र ३०० एमएम फ्रन्ट डिस्क ब्रेक दिइएको छ भने बोसको अत्याधुनिक एबीएस सिस्टम पनि जडान गरिएको छ ।  सो बाइकको कुल वजन १९१ किलोग्राम रहेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ ।


रोयल इन्फिल्डले रेट्रो इन्स्पायर डिजाइनमा निर्मित मेटोर ३५० ले कम्पनीकै थन्र्डरबर्डको झल्को दिन्छ । रोयल इन्फिल्डले आफ्ना उत्पादन मेटोर ३५० मा पहिलो पटक कनेक्टेड फिचर प्रयोग गरेको छ जसमा स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल जडान गरेको छ ।रोयल इन्फिल्ड मेटोर ३५० मा उत्कृष्ट ह्यान्डलिङ र लाइटवेट प्याकेजका साथ स्टील ट्रेल फ्रेम, मोनोशक, ह्वील, फ्यूल ट्याङक, अफरोड एबीएस जस्ता फिचर रहेका छन ।  कम्पनीले यसमा सेमी डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ ।सो बाइकमा सबै एलईडी प्याकेजहरु उपलब्ध रहेका छन जसमा एलईडी डीआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, एलईडी इन्डिकेटर र पछाडि एलईडी टेल ल्याम्प समाबेश छन । 


रोयल इन्फिल्ड मेटोर ३५० को नेपाली बजार ६ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । नेपालमा बढिरहेको क्लासिक मोटरसाइकलको सेगमेन्टलाई विस्तार गर्नका लागि रोयल इन्फिल्ड मेटोर ३५० नेपाली बजारमा अब छिट्टै नै उपलब्ध गराइने कम्पनीको भनाइ छ । रोयल इन्फिल्ड मेटोर ३५० ले नेपाली बजारमा होंडा एच'नेस सीबी ३५०, जवा पेराक, बेनेल्ली इम्पीरियाल ४००, होंडा सीबी ३५० आरएस, र बजाज डोमिनार ४००, सँग सिधा प्रतिस्पर्धा गर्नेछ । यस वर्ष नेपाली बजारमा भित्रिएको इन्फिल्डको नयाँ मोडल 'हिमालयन'ले राम्रो प्रतिक्रिया पाइरहेको छ त्यसैले मेटोर ३५० को बजार राम्रै हुने अनुमान गरिएको छ ।


 

Our latest comments