Home / Blogs / नेक्स्ट जेनेरेशन होन्डा बीआर-भी सार्वजनिक; नेपालमा पनि आउने
  • Upcoming Cars
  • 0

नेक्स्ट जेनेरेशन होन्डा बीआर-भी सार्वजनिक; नेपालमा पनि आउने

Nepal Auto Trader

Share this News

image

जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो ७ सीटर एसयूभी होन्डा बीआर-भीको सेकेण्ड जेनेरेशन मोडल बजारमा सार्वजनिक गरेको छ । बीआर–भी एसयूभीको डिजाइन एचआर–भी एसयूभीबाट प्रेरित भएको कम्पनीले जनाएको छ । नेपाली बजारमा पनि छिट्टै सार्वजनिक गरिने सो एसयूभीको विक्री भने सन् २०२२ को सुरुवातबाट मात्र हुने छ । कम्पनीका निर्देशक ताकेहिरो वतनबेले सो एसयूभी इन्डोनेसियाली बजारमा पहिले सार्वजनिक गरिने र आगामी दिनमा अन्य देशमा पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् । सो एसयूभीमा नयाँ लुक्स, मोर्डन फिचर र एड्भान्स टेक्नलोजी प्रयोग गरिएको छ ।


नयाँ जेनेरेशन होन्डा बीआर-भीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन रहने छ, जुन इन्जिनले १२१ हर्सपावर तथा १४५ एनएम टर्क जेनेरेट गर्दछ । बीआर-भीमा पेट्रोल इन्जिनको साथमा कन्टिन्युअस भेरिएबल ट्रान्समिशन सिस्टम जडान गरिएको छ । बीआर-भीको लम्बाई ४४५३ एमएम, चौडाई १७३५ एमएम, उचाई १६६६ एमएम र २६६२ एमएमको ह्वीलवेस रहेको छ । सो एसयूभीमा १७ इन्चको अलोय ह्वील समावेश गरिएको छ । २२० एमएम ग्राउण्ड क्लियरेन्स रहेको सो एसयूभीमा अडप्टीभ क्रुज कन्ट्रोल, लेन किपीङ असिस्ट, र लेन डिपार्चर समाबेश गरिएको छ ।


होन्डा बीआर–भी ७ सिटर एसयूभी हो जसमा थुप्रै फिचरहरु पाउन सकिन्छ । सो एसयूभीमा एलईडी डीआरएलएस हेडल्याम्प, नयाँ ग्रिल, एलईडी टेलल्याम्प, ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले, रिमोट इन्जिन स्टार्ट, होन्डा लेनवाच, लेन असिस्ट सिस्टम, टक्कर न्यूनीकरणका लागि ब्रेक सिस्टम र अडेप्टिभ क्रुज कन्ट्रोल जस्ता मुख्य फिचर पाउन सकिन्छ । यसैगरी यसमा विण्डो लाइन, ग्लसी व्ल्याक बडी क्लाइडिङ, स्पोर्टी मल्टीस्पोक अलोय ह्वील, सार्कफिन एन्टेना, रुफरेल तथा रुफमाउण्टेड स्पोइलर पनि पाउन सकिन्छ ।


होन्डा बीआर-भी ५ कलर अपसनमा उपलब्ध हुनेछ । ह्वाइट, क्रिस्टल ब्ल्याक पर्ल, प्रिमियम ओपल ह्वाइट पर्ल, लुनर सिल्वर मेटालिक र मोडर्न स्टिल मेटालिक गरी नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यसको मुल्य पनि सार्वजनिक हुनै बाँकी छ । नेपालको लागि होन्डा मोटर्सका आधिकारिक वितरक स्याकार ट्रेडिङले नेपाली बजारमा होन्डाका गाडीको बिक्री तथा बितरण गर्दै आएको छ । होन्डा बीआर-भीको नेपाली बजारमा प्रतिस्पर्धा हुन्डाईको माइक्रो एसयूभी क्यास्पर र मारुती सुजुकी इग्निसका साथै इन्ट्री लेवलका एसयूभी निसान म्याग्नाइट र रेनो काइगरसँग हुनेछ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments