Home / Blogs / सार्वजनिक हुने भयो नयाँ हुन्डाई टुसान; खुल्यो बुकिङ
  • Latest Cars
  • 0

सार्वजनिक हुने भयो नयाँ हुन्डाई टुसान; खुल्यो बुकिङ

Nepal Auto Trader

Share this News

image

हुन्डाईले नयाँ जेनेरेशन टुसान अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा नयाँ हुन्डाई टुसानको बुकिङ खुलेको पनि जनाएको छ । हुन्डाईको नयाँ जेनेरेसनको टुसान एसयूभी बिभिन्न ४ भेरिएन्टमा उपलब्ध हुनेछ जसमध्ये तीनवटा भेरिएन्ट पेट्रोल र एउटा भेरिएन्ट डिजेल इन्जिनमा उपलब्ध हुनेछ । कम्पनीले टुसानको एउटा भिडियो सार्वजनिक गर्दै चाँडै नेपाल आउने उल्लेख गरेको छ जुन एसयूभी सेप्टेम्बरको पहिलो साताबाट विक्री सुरु हुनेछ ।


नयाँ जेनेरेशन टुसानको डिजाइन र फिचर पहिलेको टुसान भन्दा धेरै फरक छ । अन्तर्राष्ट्रिय बजारमा अहिले १.६ लिटर टर्बो पेट्रोल, २.५ लिटर पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिनमा टुसानको बिक्री तथा बितरण भईरहेको छ तर नेपाल कुन इन्जिनमा आएको छ भन्ने विषयमा कुनै जानकारी छैन । हुन्डाई टुसान नेपाली बजारमा प्लगइन हाइब्रिड मोडल पनि आउने बताइएको छ । २ हजार सीसी क्षमताको भएको सो एसयूभी नेपाली बजारमा पहिले देखि नै उपलब्ध भए पनि अब आउने हुन्डाई टुसान चौथो जेनेरेसन मोडल हुने छ । हाइब्रिड मोडल सर्वाधिक पावरफुल हुने तर यसको विस्तृत विवरण सार्वजनिक भएको छैन ।


नयाँ हुन्डाई टुसानमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसि भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम, फरवार्ड रिभर्स पार्किङ डिस्टेन्स वार्निङ, सिफ्ट बाई वायर असिस्टेन्स, स्मार्ट टेलगेट जस्ता फिचर उपलब्ध छन । यस्तै यसमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, टेडिस्नल गियर लिभरलाई परिवर्तनगरि बटम प्रदान गरिएको छ ।


तसर्थ नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ । नेपाली बजारमा यसको पेट्रोल इन्जिनमा उपलब्ध जीएलएस म्यानुअल ट्रान्समिसनको मूल्य ८९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ त्यसैगरी सोही इन्जिनको जीएलएस अटोमेटिकको १ करोड ७ लाख ९६ हजार र जीएलक्स भेरिएन्टको १ करोड १४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । अर्को टुसान जीएलएक्स डिजेल इन्जिनको मूल्य १ करोड ३४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । हुन्डाई नेपालले आफ्नो फेसबुक पेजमा नयाँ जेनेरेशन टुसानको बुकिङ खुल्ला भनेर उल्लेख पनि गरेको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments