बजाज अटोले पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको छ । बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन नेपाली बजारमा पनि अब छिट्टै सार्वजनिक हुने कम्पनीले जनाएको छ । नेपालका लागि बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले यसको सार्वजनिक मिती भने तय गरेको छैन । बजाज पल्सर १२५ सिरिजको सवैभन्दा सानो मोटरसाइकल रहेको छ भने यसको लुक्स तथा डिजाइन समेत स्ट्रिट फाइटर बाट प्रेरिरत रहेको छ ।
बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन दुई भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा सिंगल सिट र स्प्लिट सिट अप्सन रहेको कम्पनीले जनाएको छ । नयाँ एडिशन पल्सरमा क्लासिक पल्सर डिजाइन पाउन सकिन्छ भने यसमा सिंगलपड हेडल्याम्प, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर, ट्विन पाइलट ल्याम्प, मस्कुलर फ्युल ट्याङक, स्प्लिट ग्रयाबरेल, सेमिडिजिटल क्लस्टर, स्पोर्टी स्प्लिट सिट, र हाई ग्राउन्ड क्लियरेन्स जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ ।
पल्सर १२५ कार्बन फाइबर एडिशनमा भने कुनै मेकानिकल परिर्वतन गरिएको छैन् । यसमा १२४.४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ११.६४ पीएस पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध रहेको छ । यसैगरी यसको फ्रन्टमा २४० एमएमको डिस्क ब्रेक उपलब्ध छ भने रियरमा ड्रम ब्रेक रहेको छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डुअल सक सस्पेन्सनलाई निरन्तरता दिइएको छ ।
नयाँ एडिशन पल्सरको लम्बाई २०५५ एमएम, चौडाई ७५५ एमएम, उचाई १०६० एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३२० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ११.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४० केजी रहेको छ । सो बाइकले ५० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड १०३.२९ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । सो वाइकको सिट हाइट ७९० एमएम रहेको छ ।
बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन नयाँ ग्राफिकका साथै दुई कलर अप्सनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बजाज अटोले यसको नेपाली बजार मुल्य भने निर्धारण गरेको छैन । यसको भारतीय बजारमा सिंगल सिट भेरियन्टको मूल्य ८९ हजार २५४ रुपैयाँ र स्प्लिट सिट भेरियन्टको मूल्य ९१ हजार ६२४ रुपैयाँ रहेको छ । केही दिन भित्र नै बजाज कार्बन फाइबर एडिशन नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।