बजाज अटोले पल्सर सिरिजको नयाँ मोटरसाइकल पी १५० अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पी १५० को सार्वजनिक मिती भने अझै अनिश्चित रहेको जनाएको छ ।पल्सर पी १५० सिंगल डिस्क र ड्युअल डिस्क गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ भने यसमा सिंगल सिट तथा स्प्लीट सिट गरी दुवै अप्सन पनि दिइएको छ । पल्सर १५० पी नेपाली नयाँ वर्ष २०८० लक्षित गरेर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
बजाज पल्सर पी १५० मा निकै पावरफुल इन्जिन रहेको छ । यसमा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन दिइएको छ जुन इन्जिनले ८५०० आरपीएममा १४.५ बीएचपीको पावर र ६००० आरपीएममा १३.५ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स जडान गरिएको छ । सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा एड्जस्टेबल मोनोसक सस्पेन्सन रहेको छ । कम्पनीले पी १५० मा ड्रम तथा डबल डिस्क ब्रेक गरी दुवै अप्सन दिएको छ भने यसको दुवै भेरियन्टमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।
बजाज पल्सर पी १५० को लम्बाई २०५५ एमएम, चौडाई ७६५ एमएम, उचाई १११५ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३५२ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १४० केजी रहेको छ । सो बाइकले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । कम्पनीले सो बाइकको टप स्पिड ११५ किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । सो वाइकको सिट हाइट भने ७९० एमएम रहेको छ ।
बजाज पल्सर पी १५० मा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, एलईडी डीआरएल, एलईडी टेल लाइटको साथ एलईडी प्रोजेक्टर हेडलाइट र यूएसबी चार्जिङ पोर्ट जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा रहेको सेमि डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरमा गियर इन्डिेकटर र रेन्ज इन्डिकेटर जस्ता फिचर दिइएको छ । यसमा सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, र अन्डरवेली एग्जस्ट जस्ता अन्य बिशेषता पाउन सकिन्छ ।
बजाज पल्सर पी १५० को नेपाली बजार मूल्य ३ लाख ५० हजार देखि ४ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । बजाज अटोले यसको नेपाली बजार मुल्य भने निर्धारण गरेको छैन । यसको भारतीय मूल्य १ लाख १६ हजार ७५५ रुपैयाँ निर्धारण गरिएको छ । केही दिन भित्र नै बजाज पल्सर पी १५० नेपाली बजारमा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा यसले टीभीएस अपाचे आरटीआर १६० ४ भी, यामाहा एफजेड १५० र सुजुकी जिक्सर १५० सँग प्रतिस्पर्धा गर्नेछ । सो मोटरसाइकल पल्सर १५० र एन १६० को बीचका ग्राहकलाई लक्षित गरेर निर्मित गरिएको कम्पनीले जनाएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।