Home / Blogs / प्रोटोन एक्स ५० अब नेपाली बजारमा; छिट्टै बिक्री सुरु हुने
  • Upcoming Cars
  • 0

प्रोटोन एक्स ५० अब नेपाली बजारमा; छिट्टै बिक्री सुरु हुने

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा प्रोटोनको नयाँ एसयूभी भित्रिएको छ । मलेशियन ब्राण्ड प्रोटोनले आफ्नो दोस्रो एसयूभी नेपाल ल्याएको छ र सो एसयूभीको बिक्री अब छिट्टै गरिने जनाएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बितरक जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० एसयूभी नेपाली बजारमा ल्याएको हो ।  एक्स ७० भन्दा केही सानो साइजमा आएको एक्स ५० मा निकै प्रिमियम फिचर र आधुनिक डिजाइन रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सले अबको केही दिनमा नै यसको सार्वजनिक गरिने पनि जनाएको छ । 

 

प्रोटोन एक्स ५० मा १.५ लिटर टिजिडीआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम १७७ पीएस पावर र २५५ एनएम टर्क प्रदान गर्छ । सो इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । सो कारको लम्बाई ४२९८ एमएम, चौडाई १७९५ एमएम, उचाई १६०९ एमएम, २६०० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३३० लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ । यसमा स्टेरिङ मोड र ड्राइभ मोड गरी दुई मोड दिइएको छ ।  


नयाँ एसयूभी एक्स ५० मा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बीनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता आधुनिक विशेषता पाउन सकिन्छ । त्यस्तै सुरक्षाका लागि सो कारमा ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल (इएससी), अटोनोमश इमर्जेन्सी ब्रेकिङ (एइबी), एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर रहेका छन ।


प्रोटोन एक्स ५० को नेपाली बजार मूल्य भने सार्वजनिक भएको छैन । सो कारको मूल्य ६५ लाखदेखि ८५ लाखसम्म हुने अनुमान गरिएको छ । जगदम्बा मोटर्सले अबको केही दिनमा नै यसको आधिकारी मुल्य पनि सार्वजनिक गरिने जनाएको छ ।  प्रोटोनका गाडीहरुमा ५ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी उपलब्ध रहेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments