Home / Blogs / होन्डा साइन १०० अब छिट्टै नेपाल आउने; यस्ता छन् बिशेषता
  • Upcoming Bikes
  • 0

होन्डा साइन १०० अब छिट्टै नेपाल आउने; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

होन्डा साइन १०० भारतीय बजारमा सार्वजनिक भएको धेरै समय भएको छैन । साइन १०० अहिले निकै चर्चामा रहेको छ । यसै बिषयलाई केन्द्रित गर्दै होन्डा मोटरसाइकलले नेपाली बजारमा आफ्नो नयाँ मोटरसाइकल साइन १०० अब छिट्टै सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । मे महिनादेखी यसको डेलिभरी शुरु हुने तयारी भएको कम्पनीले जनाएको छ भने त्यस लगत्तै साइन १०० नेपाली बजारमा आउने अनुमान गरिएको हो । होन्डा साइन १२५ को डिजाइनमा निर्मित साइन १०० होन्डाको इन्ट्री लेभल मोडल र सबैभन्दा सानो साइन हो ।


होन्डा साइन १०० मा ९९.७ सीसी क्षमताको फ्यूल इन्जेक्टेड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८ ब्रेकहर्स पावर र ८.५ एनएम टर्क जनेरेट गर्छ । यो नयाँ वाइकमा होन्डाले ओविडी–टु र ई २० कम्प्लायन्ट नयाँ इन्जिन पनि दिएको छ । यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ । सो मोटरबाइकको अगाडि र पछाडि दुबै चक्कामा ड्रम ब्रेक पाउन सकिन्छ । होन्डाले यो नयाँ वाइक डायमन्ड–टाइप फ्रेममा निर्मित गरेको छ । साइन १०० को अगाडी टेस्किपिक र पछाडी ट्विन शक एव्जर्वर पाउन सकिन्छ ।


होन्डा साइन १०० को लम्बाई २०४६ एमएम, चौडाई ७३७ एमएम, उचाई १११६ एमएम, ग्राउण्ड क्लियरेन्स १६८ एमएम र १२४५ एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ९.० लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १०० केजी रहेको छ । यो मोटरसाइकलको सिटको उचाई ७८६ एमएम रहेको छ । सो बाइकले ६० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको सो बाइकले २०० देखी २५० केजी सम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ । 


साइन १०० मा हेलोजन हेडलाइट, सेमी डिजिटल कन्सोल, एनालग स्पीडोमिटर, साइड स्ट्यान्ड इन्जिन किल फंगसन र सरल स्टार्टर बटन जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा होन्डाको कम्वी व्रेकिङ सिस्टम, फ्यूल इन्जेक्सन र अटो–चोक सिस्टम पनि उपलब्ध रहेको छ । होन्डा साइन १०० को नेपाली बजार मुल्य २ लाखदेखि २ लाख २० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा यसको प्रतिश्पर्धा हिरो एचएफ १००, स्प्लेन्डर प्लस र बजाज प्लाटिनासंग सँग हुनेछ ।  


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments