Home / Blogs / किया क्यारेन्स एमपीभी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

किया क्यारेन्स एमपीभी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ एमपीभी क्यारेन्स सार्वजनिक गरेको छ । नेपालको लागि कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ७ सिटर एमपीभी क्यारेन्सको यही हप्ताबाट विक्री सुरु भएको पनि जनाएको छ । किया क्यारेन्स प्रिमियम र प्रेस्टिज गरी २ भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । किया क्यारेन्स एमपीभीले भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त पनि गरेको छ । किया क्यारेन्सलाई पूर्ण आधुनिक पारिवारिक कार भनेर दाबी गरिएको छ ।


किया क्यारेन्स १.५ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल र १.४ लिटर टर्बो पेट्रोल गरी दुई इन्जिन अप्सनमा उपलब्ध छ । यसमा रहेको १.५ लिटर नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिनले ११५ पीएस पावर र १४४ एनएम टर्क प्रदान गर्छ भने १.४ लिटर टर्बो पेट्रोल इन्जिनले १४० बीएचपी पावर र २४२ एनएम टर्क प्रदान गर्छ । १.५ लिटर पेट्रोलमा ६ स्पिड म्यानुअल गियरबक्स प्रदान गरिएको छ भने १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन उपलब्ध छ । नेपाली बजारमा उपलब्ध माेडलमा भने १.५ लिटरकाे नेचुरल्ली एस्पीरेटेड पेट्रोल इन्जिन मात्र रहेकाे छ । 


किया क्यारेन्स एमपीभीको लम्बाई ४५४० एमएम, चौडाई १८०० एमएम, उचाई १७०८ एमएम, ग्राउण्ड क्लियरेन्स १९५ एमएम र २७८० एमएमको ह्वीलवेस रहेको छ । यसमा २१६ लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १५-१८ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १३६१ केजी रहेको छ । यसले १३.३ सेकेन्डमा १६० किलोमिटर प्रतिघण्टाको गति बढाउने क्षमता राख्छ । नयाँ क्यारेन्स बढी फराकिलो भएको कारण सो एमपीभीमा निकै धेरै स्पेश पाउन सकिन्छ ।


क्यारेन्समा एम्बियन्ट लाइटिङ, १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्टेसन, बोस अडियो सिस्टम, सनरुफ, एयरकन भेन्ट्स, रियर सिटमा ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरू, एयर प्युरिफायर र वान टच सेकेन्ड रो टम्बल  जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सुरक्षाको लागि यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेइकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर जस्ता फिचर दिइएको छ ।


नेपाली बजारमा उपलब्ध १.५ लिटर किया क्यारेन्स प्रिमियमको मूल्य ४८ लाख ९० हजार र प्रेस्टिजको मूल्य ५२ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यसमा ३ वर्ष वा ६० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । किया क्यारेन्स फुल फिचर लोडेड एमपीभी हो जुन विश्व बजार र एसियाली देशमा सबैभन्दा रुचाइने एमपीभीमा पर्दछ । यसमा निकै उत्कृष्ट पावर फुल इन्जिन र आधुनिक स्टाइलिस डिजाइन पाउन सकिने कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments