Home / Blogs / हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट अब नेपालमा; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट अब नेपालमा; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्टको आगमन भएको छ । नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना इलेक्ट्रीकको फेसलिफ्ट मोडल नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय बजारमा तीन महिना अघि विक्री सुरु भएको फेसलिफ्ट कोना औपचारिक रुपमा भने नेपाली बजारमा सार्वजनिक हुन बाँकी नै छ । सो कार केही दिनमै नेपालमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । सन् २०१८ देखि नेपाली बजारमा विक्री हुँदै आएको कोना प्रिमियम एक क्रसओभर मोडल हो जसले थुप्रै अवार्ड जित्न सफल भएको छ ।


हुन्डाई कोना फेसलिफ्टमा पहिलेको मोडल भन्दा सामान्य परिमार्जन गरिएको छ । यसको फ्रन्ट फेसिकामा सामान्य परिमार्जन गरिएको छ भने भित्री भागलाई सरल र आकर्षक बनाइएको छ । कोना फेसलिफ्टमा दिइएको व्याट्री र मोटर साइजमा भने कुनै परिवर्तन भएको छैन । कोना फेसलिफ्टमा ३९.२ र ६४ किलोवाट आवरको व्याट्री अप्सनमा उपलब्ध रहेको छ जसले सिंगल चार्जमा ३१२ किलोमिटरको रेन्ज दिन्छ । यसको लम्बाई ४२०५ एमएम, चौडाई १८०० एमएम, उचाई १५७० एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस र १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।


हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्टको अगाडि भागको ग्रिल प्यानल परिवर्तन गरिएको छ भने यसको हेडल्याम्प पनि फरक देख्न सकिन्छ । यसको हेडलाइट पनि रिडिजाइन गरिएको छ भने एलइडी डे टाइम रनिङ लाइट र पछाडिको लाइटमा पनि परिवर्तन गरिएको छ । नयाँ कोनामा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, व्ल्यू लिङ्क कनेक्टीभीटी, भ्वाइस कमाण्ड, रिमोर्ट चार्जिङ, रिमोट क्लाइमेट कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ । यसमा सनरुफको सुविधा समेत थप गरिएको छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने टचस्क्रिन इन्फोटेनमेन्ट स्क्रिन जस्ता फिचर समावेश गरिएको छ । 


कोना फेसलिफ्ट पृथक डिजाइन र आकर्षक कलर भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । हाल कोनाको नेपालमा प्यान्थप ब्लाकरुपमा चक ह्वाइट, डार्क नाइट, सेरामिक ब्लु, पल्स रेड कलरमा उपलब्ध रहेको छ । हाल नेपाली बजारमा उपल्ब्ध हुन्डाई कोनाको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ छ भने नयाँ कोनाको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । सो कारमा ३ वर्षको वारेन्टी र ८ वर्षको ब्याट्री वारेन्टी उपलब्ध रहेको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments