Home / Blogs / होन्डा सिबी ३५० आरएस मोटरसाइकल अब छिट्टै नेपाल आउने
  • Upcoming Bikes
  • 0

होन्डा सिबी ३५० आरएस मोटरसाइकल अब छिट्टै नेपाल आउने

Nepal Auto Trader

Share this News

image

होन्डाले रेट्रो डिजाइन सिबी ३५० आरएस अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको जनाएको छ । गत महिना कम्पनीले हाइनेस सिबी ३५० नेपाल बजारमा सार्वजनिक गरेको थियो । सो मोटरसाइकलको हाल नेपाली बजार मुल्य ७ ५० हजार निर्धारण गरिएको छ । कम्पनीले सो नयाँ मोटरसाइकल साउन अन्तिमसम्ममा नेपाल ल्याउने जनाएको छ ।


सिबी ३५० आरएस एक मोर्डन डिजाइनमा बनेको रेट्रो क्लासीक मोटरसाइकल हो जुन सिबी ३५० हाइनेससँग समान छ । सो मोटरसाइकलमा ३४८ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, एफआई इन्जिन रहेको छ जुन इन्जिनले ५५०० आरपीएममा अधिकतम २०.८ बीएच पावर तथा ३००० आरपीएममा अधिकतम ३० एनएम टर्क जेनेरेट गर्दछ । यस्तै सो मोटरसाइकलमा ५ स्पीडको गियर बक्सका साथै मल्टिप्लेट वेट क्लच दिइएको  छ । यसमा अगाडि टेलिस्कोपिक र पछाडि ट्वीन हाइड्रोलिक सस्पेन्सन दिइएको छ । 


होन्डा सिबी ३५० आरएसको लम्बाई २१७१ एमएम, चौडाई ८०४ एमएम, उचाई १०९७ एमएम, ह्वीलबेस १४४१ एमएम, सिट हाइट ८०० एमएम रहेको छ जसको ग्राउन्ड क्लियरेन्स १६८ एमएम छ । सो मोटरबाइकमा १९ इन्चको फराकिलो टायर र दुबै चक्कामा डिस्क ब्रेक छन । यसमा सबै किसिमका लाइट एलइडी प्रयोग भएको छ भने सेमी डिजिटल कन्सोल, ब्लुटुथ कनेक्ट फिचर, असिस्ट सिल्पर क्लच, डबल च्यानल एबीएस, स्मार्टफोन भ्वाइस कन्ट्रोल, साइड स्ट्यान्ड सेन्सर, ड्यूल टोन पेन्ट, हार्जाड लाइट जस्ता फिचर समाबेश छन ।


 स्याकार ट्रेडिङले नयाँ सिबी ३५० आरएस साउन अन्तिमसम्ममा नेपाली बजारमा सार्वजनिक गर्ने लक्ष्य लिएको छ । यो मोटरसाइकलमा सिबी ३५० हाइनेसका अधिकांश फिचर प्रयोग गरिएकाले यसको मुल्य पनि होन्डा सीबी हाइनेसकै सेरोफेरोमा हुने अनुमान गरिएको छ । होन्डा सीबी आरएसको मूल्य ८ लाखभन्दा केही कम पर्ने अुनमान गर्न सकिन्छ ।  यो मोटरसाइकलले रोयल इन्फिल्ड र जावाका उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।



Our latest comments