Home / Blogs / होन्डा हाइनेस सीबी ३५० अब नेपाली बजारमा; बुकिङ खुल्ला
  • Latest Bikes
  • 0

होन्डा हाइनेस सीबी ३५० अब नेपाली बजारमा; बुकिङ खुल्ला

Nepal Auto Trader

Share this News

image

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डा हाइनेस सिबी ३५० डिलक्स अब चाँडै नेपाली बजारमा विक्री सुरु गर्ने भएको जनाएको छ । होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल भित्रिसकेको छ र यसको बुकिङ पनि खुल्ला भइसकेको छ । निषेधाज्ञा सकिएपछि यसको विक्री सुरु हुने कम्पनीले जानएको छ । यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार निर्धारण गरिएको छ भने सुरुवाती समयमा बुकिङ गर्ने ग्राहकका लागि ५० हजार नगद छुट प्रदान गर्ने कम्पनीले जानएको छ ।


हाइनेस सीबीमा ३४८.३६ सीसीको सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३० एनएम टर्क जेनेरेट गर्दछ  ।  होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ । १३.५ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिइएको यो मोटरसाइकलमा स्लिपर क्लचको साथमा ६ स्पिड ट्रान्समिसनको सुविधा रहेको छ । एक पटकको फुल ट्याङ्क इन्धनले यसलाई ३५० किलोमिटर कुदाउन सकिने कम्पनीको भनाइ छ । सो मोटरबाइकमा सिंगल च्यानल एबीएस सहित दुवै पांग्रामा डिस्क ब्रेक रहेको छ । 


होन्डा हाइनेस सीबी ३५० मा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड स्लीपर क्लच, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता विशेषता पाउन सकिन्छ । सीबी ३५० को तौल १ सय ८१ किलोग्राम छ भने बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । १७ इन्चको अलोय ह्विलका साथमा सो बाइकमा ट्युबलेस टायर दिइएको छ । होन्डाको हाइनेस सीबी सानो छ तर मेटल बडीका कारण हेभी छ । 


कम्पनीले होन्डा हाइनेस सीबी ३५० लाई निषेधाज्ञा सकिएपछि नेपाली बजारमा बजारमा उतार्ने जनाएको छ ।  होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यसको लागि अनलाइन बुकिङ लिन प्रारम्भ गरेको छ । हाइनेस सिबी ३५० विभिन्न तीन कलरमा उपलब्ध हुने स्याकार ट्रेडिङले जनाएको छ । हाल बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीको भनाइ छ भने बुकिङका लागि यो लिंकमा क्लिक गर्न सकिन्छ । यो मोटरसाइकलले रोयल इन्फिल्ड र जावाका उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ ।



Our latest comments