Home / Blogs / पहिलो चरणको नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट; अर्को बुकिङ छिट्टै खुल्ने
  • Latest Bikes
  • 0

पहिलो चरणको नेपाली इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट; अर्को बुकिङ छिट्टै खुल्ने

Nepal Auto Trader

Share this News

image

नेपाली इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी यात्रीले निर्माण गरेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ सोल्ड आउट भएको छ । यात्रीले दिएको जानकारी अनुसार पहिलो चरणको बुकिङ मात्र सकेको हो । अर्को चरणको बुकिङ केही हप्तापछि खुल्ला गर्ने पनि कम्पनीले जनाएको छ । यात्री मोटरसाइकल्सको आधिकारिक फेसबुक पेजमार्फत यसको जानकारी प्राप्त भएको हो । कम्पनीले अहिले बुकिङ लिएको सबै यूनिट आगामी मार्च अन्तिमसम्ममा डेलिभरी दिने जनाएको छ ।


बालुवाटारबाट शोरुम संचालनमा ल्याएको यात्री एक इलेक्ट्रीक सवारी उत्पादक नेपाली कम्पनी हो । यात्री पी-१ मा ३ किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिने सो इलेक्ट्रीक मोटरबाइक फास्ट चार्जर मार्फत चार्जगर्दा १ घन्टा र रेगुलर चार्जरबाट चार्जगर्दा ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । यात्री पी-१ को टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।


पी-१ मोडलमा सबै एलइडी लाइटको प्रयोग गरिएको छ भने, यसको फ्रन्टमा यूएसडी र रियरमा नाइट्रोजन-चार्जड् मोनोशक सस्पेन्सन दिइएको छ । त्यस्तै सो बाइको अगाडि भागमा ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ । पी-१ मा ७ इन्चको टिएफटी डिस्प्ले दिइएको छ जसमा फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता पाउन सकिन्छ । ट्युवलेस टायर प्रायोग गरिएको यात्री पी-१ मा ३२० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ भने यसको वजन ११० केजी रहेको छ । 


पी–१ को मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरेर यात्रीले यसको बुकिङ लिएको थियो । सुरुमा पी-१ किन्ने ग्राहकले यात्री डीसी फास्ट चार्जिङमा लाइफ टाइम निःशुल्क चार्जिङ सुविधा पाउने छन् । कम्पनीले देशभर १५० चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा पहिले नै गरेको थियो । दोस्रो चरणमा बुकिङ लिने ग्राहकलाई भने २०२२ को दोस्रो क्वाटरसम्ममा डेलिभरी दिने कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।


Our latest comments