कियाको पहिलो हाइब्रिड एसयूभी सोरेन्टो नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सो हाइब्रिड कार नेपाली बजारमा उपलब्ध गराएको हो । कम्पनीले केही समय अघि बाट सोरेन्टोको प्रि–बुकिङ खुल्ला समेत गरेको थियो । नयाँ सोरेन्टो एक सफल हाइब्रिड एययुभी मध्य पर्छ । किया सोरेन्टो हाइब्रिड ७ सिट क्षमता फुल साइज एसयूभी हो जुन ब्याट्री र पेट्रोल इन्जिन दुवैले चलाउन सकिन्छ ।
किया सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रो म्याग्नेटीक मोटर दिइएको छ जसले २२७ एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यसमा व्याट्री भने १.४९ किलोवाट आवर क्षमताको छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सोरेन्टोको लम्बाई ४८०० एमएम, चौडाई १९०० एमएम, उचाई १७०० एमएम, २८१५ एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३६९ लिटर क्षमताको बुट स्पेश र ८० लिटरको इन्धन ट्याङ्की रहेको छ ।
नयाँ हाइब्रिड एसयूभी सोरेन्टोमा ड्युअल एलईडी प्रोजेक्टर हेडल्याम्प, फुल प्यानोरामिक सनरुफ, १२।३ इन्चको अल-डिजिटल इन्सट्रुमेन्ट क्लस्टर, १९ इन्चको अलोय ह्विल, ब्लाइन्ड भ्यू मनिटर टेक्नोलोजी, नाप्पा लेदर सिट, मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रीक सिट जस्ता फिचर पाउन सकिन्छ । सुरक्षाका लागी सो एसयूभीमा ७ एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट लगायतका अन्य थुप्रै आधुनिक फिचर समाबेश गरिएको छ ।
किया सोरेन्टो हाइब्रिडको नेपाली बजार मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर यसको विक्री सुरु गरिएको छ । सो एसयूभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच आकर्षक कलर अपसनमा उपलब्ध छ । सोरेन्टो हाइब्रिड नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो गरी विभिन्न ड्राइभ मोडमा पनि चलाउन सकिन्छ । नेपाली बजारमा सोरेन्टोको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारियर, जिप कम्पास र एमजी हेक्टरसँग हुनेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।