Home / Blogs / स्कोडा कुशाकको २०२३ भर्सन नेपालमा सार्वजनिक हुँदै; खुल्यो वुकिङ र यस्तो छ नयाँ मूल्य
  • Upcoming Cars
  • 0

स्कोडा कुशाकको २०२३ भर्सन नेपालमा सार्वजनिक हुँदै; खुल्यो वुकिङ र यस्तो छ नयाँ मूल्य

Nepal Auto Trader

Share this News

image

स्कोडाको बहुप्रतीक्षित एसयूभी कुशाको २०२३ भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडा कुशाकको २०२३ भर्सनको बुकिङ खुल्ला भएको पनि जानकारी दिएको छ । एमएडब्लुले अबको २० दिन भित्र यसको विक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो । नयाँ स्कोडा कुशाक आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर सहित नेपाली बजारमा सार्वजनिक गरीने कम्पनीले जनाएको छ । नयाँ कुशाक फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा निर्माण भएको हो ।  


स्कोडा कुशाकको २०२३ भर्सनमा १.० लिटरको टिएसआई इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ११५ पिएस पावर र १७५ एनएम टर्क प्रदान गर्दछ । यसमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । नयाँ कुशाकमा माइल्ड हाइब्रिड टेक्नोलोजी दिएको कारण यसको माइलेज पहिलेभन्दा धेरै रहेको कम्पनीले जनाएको छ । सो एसयूभीको टप स्पेक भेरिएन्टमा अल ह्वील ड्राइभ प्रणाली पनि रहेको छ । पावरफुल टिएसआई इन्जिन रहेको सो एक्सयूभी जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ ।  


सव कम्प्याक्ट एसयूभी कुशाकको लम्बाई ४२२५ एमएम, चौडाई १७६० एमएम, उचाई १६१२ एमएम, २६५१ एमएम ह्वीलवेस र १८८ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३८५ लिटर क्षमताको बुट स्पेश र ५० लिटरको इन्धन ट्याङ्की रहेको छ । यसको माइलेज पनि निकै उत्कृष्ट रहेको छ । सो कारले १९.२ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १२३५ केजी रहेको छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।


नयाँ स्कोडा कुशाकमा एम्विएन्ट लाइटिङ, डुअल हेलाइट सेटअप, फगल्याम्प, नयाँ एलइडी डेटाइम रनिङ लाइट, १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, इलेक्ट्रीक सनरुफ,  रुफ रेल, भेन्टिलेटेड सिट, कुल्ड ग्लोबबक्स, सब वुफरसहितको सिक्स स्पिकर, टु-स्पोक स्टेरिङ ह्वील, वायरलेस फोन चार्जिङ, मल्टिफंक्सन स्टेरिङ, र किलेस इन्ट्रि स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । यसमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ । 


यसैगरी स्कोडा कुशाकमा थुप्रै यूनिक सुरक्षा फिचरहरु दिइएको छ । सुरक्षाका लागि सो एसयूभीमा ६ वटा एयर ब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, यूनिक वाइपर, मल्टिकोलिजन ब्रेकिङ सिस्टम, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, अटोनोमस पार्किङ असिस्ट र स्पीड अलर्ट जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसैगरी यसमा डुअल जोन क्लाइमेट कन्ट्रोल, ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा, टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट जस्ता अन्य आधुनिक फिचर पनि पाउन सकिन्छ । सो एसयूभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।


नयाँ स्कोडा कुशाकको शुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ रुपैयाँ तोकिएको छ भने सवैभन्दा टप भेरिएन्टको मुल्य ७४ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । सो एसयूभी क्यान्डि ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलर अप्सनमा उपलब्ध हुनेछ । नेपाली बजारमा कुशाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ । नेपालभरका स्कोडाका सोरुममार्फत यसको बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।    


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagramTikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।







 








   


 

Our latest comments