बीएमडब्ल्युको पहिलो इलेक्ट्रिक एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि बीएमडब्ल्युको आधिकारिक वितरक लक्ष्मी प्रिमियम मोटर्सले आफ्नो सर्वाधिक सफल मोडल आइएक्स-३ को इलेक्ट्रिक भर्सन नेपाली बजारमा सार्वजनिक गरेको हो । यसअघि आइएक्स-३ को पेट्रोल भर्सन मात्रै नेपालमा बिक्री तथा बितरण हुँदै आएको थियो । आईएक्स-३ को एम स्पोर्ट्स भेरिएन्ट मात्रा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको बुकिङ पनि केही दिन अघी देखीनै खुल्ला गरिएको थियो । सो इलेक्ट्रिक एसयूभीमा आकर्षक स्टाइलिङ, आधुनिक डिजाइन र नयाँ फिचर पाउन सकिन्छ ।
बीएमडब्ल्यु आईएक्स-३ मा २१० किलोवाटको मोटर दिइएको छ जसले २८६ एचपी पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । यसैगरी यसमा ८० किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज दिने डब्लूएटीपीले प्रमाणित गरेको छ । यसलाई ११ किलोवाटको एसी र १५० किलोवाटको डीसी चार्जर तथा मोड २ को फ्लेक्जिबल चार्जरले चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसको ब्याट्रीलाई ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जरले पनि चार्ज गर्न सकिने छ । उक्त ३५० किलोवाट क्षमताको चार्जरले यसलाई १० मिनेट चार्ज गर्दा १०० किलोमिटर चलाउन सकिने छ ।
बीएमडब्लू ‘आईएक्स-३’ को लम्बाई ४७३४ एमएम, चौडाई १८९१ एमएम, उचाई १६६८ एमएम, २८६४ एमएम ह्वीलवेस र १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको वजन २७२५ केजी रहेको छ भने यसमा ५१० लिटर क्षमताको बुट स्पेश पाउन सकिन्छ । १८० किलोमिटरको टप स्पिड भएको सो इलेक्ट्रिक कारले ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति ६.८ सेकेन्डमै लिन सक्ने कम्पनीले दाबी गरेको छ । यसमा १९ इन्चको डबल स्पोक ह्वील दिइएको छ । यसमा एन्टी लक ब्रेकिङ सिस्टम र सबै चारवटा डिस्क ब्रेक पाउन सकिन्छ ।
बीएमडब्ल्युको नयाँ इलेक्ट्रिक एसयूभीमा नयाँ आधुनिक बिशेषताहरु पाउन सकिन्छ । यसमा हाई बिम असिस्टेन्स सहितको एडेप्टिभ हेडलाइट, एम्बीयन्ट लाइट, 12.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ठूलो पानारोमिक शनरुफ, स्पोर्टी सिट र लेदर र्याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील पाउन सकिन्छ । सुरक्षाका लागि यसमा एयरब्याग, हेडअप डिस्प्ले, ब्रेक प्याड वेयर इन्डिकेटर, क्र्यास सेन्सर, क्रुज कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट माउन्टिङ, पार्किङ असिस्टेन्स, रेन सेन्सर, एन्टी–थेफ्ट अलार्म र स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ ।
बीएमडब्ल्यु आईएक्स-३ को नेपाली बजार मुल्य २ करोड २९ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ । आईएक्स-३ को एम स्पोर्ट्स भेरिएन्ट मात्रा नेपाली बजारमा उपलब्ध रहेको छ । बीएमडब्लूले यसमा रियर ह्वील ड्राइभ सिस्टम दिएको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।